Close This

सर्लाहीका ८ सय ४७ विद्यालयहरुमा २ हजार ९ सय भन्दा बढी शिक्षक दरबन्दी खाली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२० गते   ३७ पटक हेरिएको

सर्लाहीमा हाल सामुदायिक विद्यालयहरु  ४ सय ७८ ,संस्थागत विद्यालयहरु २ सय ८३, परम्परागत तथा धार्मिक विद्यालयहरु ८६ वटा गरि कुल विद्यालयहरुको संख्या ८ सय ४७ रहेको छ ।
जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षकशिक्षिकाहरुको दरवन्दी २३ हजार ८८ रहेको छ भने बाल विकास शिक्षिका ४ सय ६६,राहत शिक्षकशिक्षिका ६ सय ९३ रहेका शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले जनाएको छ । जसमा दरबन्दी २३ हजार ८८ रहेको भएपनि हाल २ हजार ९ सय २९ शिक्षक दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राम आधार कुशवाहाले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामा जम्मा ४६ दशमलव १८ प्रतिशत १५ वर्ष माथि उमेर समुहका साक्षर रहेका छन् भने जिल्लामा रहेका २० वटा मध्य कुनै पनि स्थानिय निकाय हाल सम्म पनि साक्षर घोषणा हुन सकेको छैन ।
जिल्लाको भ्रमणमा रहनु भएका शिक्षा राज्यमन्त्री बोधमाया यादवले सर्लाह्ी जिल्लाको शिक्षाको गुणस्तर निकै कमजोर रहेको बताउनु भयो । उहाँले शिक्षाको गुणस्तर निकै नै कमजोर रहेकोले शिक्षालाई गुणस्तरीय बनाउन हर सम्भव प्रयास गरीने बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीको अवलोकन गर्दै राज्यमन्त्री यादवले आफु शिक्षाको गुणस्तर बढाउन सदैव लागि परेको र हाल आफनो मन्त्रालय पनि सोही रहेकोले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
“सर्लाहीको शिक्षाको गुणस्तर बर्तमान अवस्थामा निकै नै दयनिय रहेकोले शिक्षालाई गुणस्तरीय बनाउनका लागि आफु सदैव तयार रहेको र हर सम्भव प्रयास गर्छु , उहाँले बताउनु भयो ।”
सर्लाहीको शिक्षा गुणस्तर नहुनुको मुख्य कारण दरबन्दी अनुसारको शिक्षक संख्यामा कमि रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुशवाहाले जानकारी गराउनु भयो । उहाँले हाल सर्लाहीका सामुदायिक विद्यालयहरुमा २ हजार ९ सय २९ शिक्षक दरबन्दी खाली रहेकोकारण शैक्षीक अवस्था सुधार गर्नमा कठीनाई भइरहेको राज्यमन्त्री यादवलाई जानकारी गराउनुभयो ।
राजनैतिक खिचातानिका कारण विद्यालयहरुमा नियमित पठन पाठन नहुनु,दरबन्दी खाली, पाठ्यापु्स्तक समयमै विद्यालयमा नपुग्नु लगायतका कारण पनि नियमित पठन पाठन हुन नसक्दा जिल्लाको शिक्षाको गुणस्तर निकै नै खस्केको जानकारहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech