Close This

परवानीपुरको क्वारेन्टाइनमा एक शिशुको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१० गते   ३३३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ परवानीपुरमा क्वारेन्टाइनमा रहेका एक शिशुको मृत्यु भएको छ । परवानीपुरका तारादेव वाईवाका अन्दाजी ५ महिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु तीनदिनदेखि परवानीपुरस्थित झल्ला चौडीमा रहेको विद्यालयमा निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बसिरहेका थिए । इँटा उद्योगमा काम गर्नेहरु तारादेव र उनकी श्रीमती तीन दिनअघि मात्रै त्यहाँ आईपुगेका लालबन्दी नगरपालिकाले जनाउको छ । 
शिशुको चिसोका कारण मृत्यु भएको आशंका गरिएको लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गोरख बहादुर बलले  बताउनुभयो । थप जानकारी लिन लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा सहितकास्थानबाट स्वास्थ्यकर्मीहरु घटनास्थलमा पुगेका छन । नगरपालिका १५  परवानीपुरमा ५ बेडको १,नगरपािलका १४ पत्थरकोटमा ५ वेडको १ र वडा नम्बर ९ मा २५ वेडको गरी ३५ वेडको क्वारेन्टाइन नगरपालिकाले निर्माण गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech