छोटी भन्सार कार्यालय विगत लामो सयमदेखि बन्द हुँदा तस्करी बढ्दै

2.4k Shares


विभिन्न समयमा भएका द्धन्द्धको बहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका सर्लाहीका छोटी भन्सार अझैँ पनि सञ्चालनमा आएका छैनन् । ५१ किलो मिटर भारतसंग पत्यक्ष खुल्ला सिमा जोडिएको सर्लाहीमा ७ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन् ।
जिल्ला भन्सार कार्यालय मलंगवा बाहेक अहिले अरु छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा रहेका कारण साना व्यापारीहरु मारमा परेका छन् । जिल्लाका साना व्यापारीहरुले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामानहरु ल्याउनु पर्दा पनि भन्सार बुझाउन मुख्य भन्सार कार्यालय मै पुग्नु पर्ने बध्यता छ । जसकोप्रत्यक्ष फाईदा तस्करहरुले उठाई रहेका छन् ।
जिल्लामा ७ वटा छोटी भन्सार कार्यालय बन्द हुँदा समेत जिल्लाका सरोकारवाला निकाय मौन देखिएका छन् ।भारतसंग खुल्ला सिमाना जोडिएको सर्लाहीको ५१ किलोमिटर भित्रमा जिल्ला भन्सार कार्यालय मलंगवा सहित संग्रामपुर छोटी भन्सार कार्यालय,पर्सा छोटी भन्सार कार्यालय,त्रिभुवननगर छोटी भन्सार कार्यालय,भाँडसर छोटी भन्सार कार्यालय,फेन्हरा छोटी भन्सार कार्यालय,बाराउद्योरण छोटी भन्सार कार्यालय र बलरा छोटी भन्सार कार्यालय रहेका छन् । तर जिल्ला भन्सार कार्यालय मलंगवा बाहेकका ती कार्यालयहरु अहिले बन्द अवस्थामा छन् ।
त्यसपछि जिल्लामा तस्करी मौलाएको र भन्सार पनि तुलनात्मक हिसावले कम उठ्न थालेको जानकारहरुले बताएका छन् ।केही व्यापारीहरु आफ्नो सामानको राजश्वतिर्न जिल्ला भन्सार कार्यालय नै पुग्ने गरेका भएपनि धेरै व्यापारीहरुले राजव नतिर्ने गरेको पाइएको छ ।पछिल्लो समयमा त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइएको भएपनि कार्यलय सहयोगीको भरमा कार्यालय खुल्दा राजश्व उठ्नुको सट्टा झन तस्करहरु मौलाएका छन् ।
माथिल्लो तहबाट छोटी भन्सार सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफुहरुले मात्रै निर्णय गरेर छोटी भन्सार कार्यालय खुलाउन सक्ने अवस्था नरहेको जिल्ला भन्सार कार्यालय मलंगवा,सर्लाहीका कार्यालय प्रमुख राजेश दत्तले बताउनु भयो ।
मुख्य भन्सार नाका बाहेक सबै नाकाहरु बन्द रहेका छन भने छोटी भन्सार कार्यालय तत्कालै सञ्चालनमा आउने अवस्था पनि छैन । सिमाक्षेत्रमा हुदै गरेका तस्करीका सामानहरु सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएपछि जिल्ला भन्सार कार्यालय मलंगवा,सर्लाही मै बुझाउने गरेका कारण पनि छोटी भन्सार कार्यालयहरुको खासै काम पनि नरहेको कार्यालय प्रमुख दत्तले बताउनु भयो ।
छोटी भन्सार कार्यालयहरुको क्षेत्रको बाटो भएर साना व्यापारीहरुले सामान ल्याउने र छोटी भन्सार कार्यालय बन्द हुँदा राजश्व नतिरि जाने गरेका छन् ।  सामान्य सामानहरु ल्याउछौँ,राजश्व तिर्न मलंगवा जानु पर्छ १२÷१५ हजारको सामान ल्याउँदा १२÷१५ किलो मिटर धाएर राजश्व तिर्न जानु पर्छ त्यसकारण आफुहरुले चाहेर पनि राजश्व तिर्न नपाएको एक व्यापारीले बताएका छन् । उनले भने राजश्व तिर्न नपाउँदा सिमाक्षेत्रमा रहेका सुरक्षाकर्मीहरुको आँखा छल्न चोरबाटोको प्रयोग गर्नुका साथै उनिहरुलाई ५०÷१०० दिनु पर्छ । तब मात्र सहज हुन्छ । यो भन्दा छोटी भन्सार कार्यालय खुलेदेखी सबै झन्झट सकिने थियो । ती व्यापारीको गुनासो छ ।
त्रिभुवननगर सर्लाहीका सिमानाकाहरु मध्यको सबै भन्दा चल्तीको नाका हो । सोनवरसा,सितामाढी लगायतका बजारसंग प्रत्यक्ष सम्बन्ध रहेको त्रिभुवननगरबाट दैनिक लाखौँको कारोवार हुने गरेको भएपनि सो नाकास्थित रहेको छोटी भन्सार कार्यालयका कर्माचारीहरुले मासिक रु १०÷१२ हजार मात्र राजश्व उठेको भन्दै जिल्ला भन्सार कार्यालयमा बुझाएपछि कर्माचारीको मिलेमतोमा भन्सार छली भएको भन्दै कार्यालय प्रमुख दत्तले ती छोटी भन्सार कार्यालयहरु पनि बन्द गरि दिनु भएको छ ।
जसबाट तस्करहरु सल्बलाउनुको साथै साना व्यापारीहरु मारमा परेका छन् । छोेटी भन्सार कार्यालयहरु बन्द हुँदा झोलेपोके तस्करहरुको बिगबिगि बढेको सुरक्षाकर्मीहरुको तथ्यांकले देखाउँछ । चालु आवको चार महिनामा सर्लाही प्रहरीले करिब रु १ करोड भन्दा बढीको भन्सार छलीको सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । तर सुरक्षाकर्मीहरुले नियन्त्र    णमा लिएका सामानहरुको मुल्यांकन बढी राख्ने र भन्सारले कम राख्ने गर्दा प्रहरी र भन्सार कार्यालयको तथ्यांक पनि नमिलेको पाइएको छ । जिल्लाको ५३ किलो मिटर खुल्ला सिमानामा संग्रामपुर छोटी भन्सार,पर्सा छोटी भन्सार,त्रिभुवननगर छोटी भन्सार,भाँडसर छोटी भन्सार,फेन्हरा छोटी भन्सार,बाराउद्योरण छोटी भन्सार र बलरा छोटी भन्सार गरी  ८ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन् । भने मलंगवाको गोरखकाली नाकामा जिल्ला भन्सार कार्यालय रहेको छ ।

सम्बन्धित समाचार