राष्ट्रपति विद्यादेवी भण्डारी आज(सोमबार) महोत्तरीको मटिहानीमा आउनु हुने भएको छ । मटिहानी नगरपालिका स्थित मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३ सय ३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न राष्ट्रपति भण्डारी आज(सोमबार) महोत्तरी आउन लाग्नु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
राष्ट्रपति भण्डारीले जलेश्वर स्थित प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ । आज(सोमबार) बिहान करिब १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति भण्डारी जलेश्वरमा आउने राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको स्वागतको लागि मटिहानी नगरपालिकामा भव्य तयारी गरिएको आयोजकले जनाएको छ ।