Close This

दशौँ महाधिवेशनका लागि सर्लाहीबाट १२ जना प्रतिनिधिहरु सर्वसहमत चयन,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-६ गते   २४७१ पटक हेरिएको

नेकपा (एमाले) को यहि मंसिर १० गतेबाट शुरु हुने १० औँ महाधिवेशनका लागि सर्लाहीबाट १२ जना प्रतिनिधिहरु सर्वसहमत रुपमा चयन गरेको छ ।  चितवनमा मंसिर १०,११ र १२ गते हुने राष्ट्रिय महाधिवेशनका लागि सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट ३÷३ जनाका दरले १२ जना प्रतिनिधिहरु सर्वसहमत रुपमा चयन गरिएको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।  दशौँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले देशभरबाट १ हजार ९ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गरेको नेकपा(एमाले)ले २ सय ३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।
सर्लाहीको क्षेत्र नम्बर १ बाट इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा,राम बहादुर खड्का र रन्जना सरकार,क्षेत्र नम्बर २ बाट राज नारायण साह,जय प्रकाश यादव र रेखा साह,क्षेत्र नम्बर ३ बाट रेवती पन्त,राज कुमार उप्रेती र कल्पना कटुवाल त्यसैगरी क्षेत्र नम्बर ४ बाट हरी उप्रेती,राम बहादुर राय यादव र ममता देवी सिंहलाई सर्व सहमत रुपमा चयन गरेको नेकपा(एमाले) सर्लाहीका अध्यक्ष राज नारायण साहले जानकारी दिनु भयो । 
देशकै सबैभन्दा धेरै स्थानिय निकाय रहेको सर्लाहीमा प्रतिनिधि सभा तर्फ ४ वटा स्थानिय निकाय रहेका छन् । २ सय वटा वडा रहेको सर्लाहीमा सवै वडा कमिटि सर्व सहतम रुपमा चयन गरिएको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।
त्यसैगरी नेकपा(एमाले) सर्लाहीले १० औँ महाविधेशनका लागि कसैसँग चन्दा नउठाउने निर्णय गरेको छ । पार्टीले कार्यकर्तासँग लेवि उठाएर महाधिवेशन गर्ने र कसैसँग चन्दा नलिने निर्णय गरेको नेकपा(एमाले) सर्लाहीका नेता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो ।
‘पार्टी निर्णयअनुसार नेता, कार्यकर्ताको सहयोग बाहेक चन्दा कसैसँग पनि नलिने निर्णय भएको छ,’ एमाले केन्द्रीय जनपरिचालन कमिटीका सदस्य रेवती पन्तले जानकारी दिनु भयो । उहाँकाअनुसार नेकपा(एमाले) सर्लाहीले चन्दा रसिद लिएर कसैसँग पनि सहयोग नमाग्ने बताउनु भयो । नेकपा(एमाले) सर्लाहीका निवर्तमान अध्यक्ष पन्तका अनुसार ‘एमालेले अधिवेशनका लागि चन्दा उठाउँदैन ।’ जिल्ला, प्रदेश र केन्द्रीय जनपरिचालन कमिटीको बैठकले सोे निर्णय गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech