लुगा धुन नहरमा गएकका एक पुरुषको डुबेर मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१० गते   ६४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगञ्जमा एक बृद्धको शव फेला परेको छ । लालबन्दी नगरपालिका १७ रानीगञ्जका अन्दाजी वर्ष ६५ का पोते वाइबाको शव पानीमा डुबेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार वाईबा मानसिक सन्तुलन ठीक नरहेका र छारे रोगबाट ग्रस्त रहेको उनका परिवारजनले बताएका छन् । 
उनि आफू अबिबाहित रहेको र विगतका केही दिनदेखि भाई बुहारीसँग बस्दै आएका थिए । मानसिक सन्तुलन ठीक नरहेको र छारे रोगबाट ग्रस्त  रहेका कारण उनि लुगाधुन जाँदा सोही समस्याका कारण नहरको पानीमा ढलेरको र उनको ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech