Close This

माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ भोली सर्लाही आउने,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१७ गते   २४०९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) का वरिष्ठ नेता एवम पुर्व उप प्रधान एवम पररष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ(प्रकाश) भोली(शनिबार) सर्लाही आउनु हुने भएको छ । नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिको सपथ ग्रहण तथा बागमती नगर सम्मेलनको उद्धघाटन गर्न सर्लाही आउनु लाग्नु भएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो ।
नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक बुढाथोकीका अनुसार (भोली शनिबार बिहान ९ बजे लालबन्दी नगर कमिटिको सपथ ग्रहण र दिउँसो १२ बजे बागमती नगर कमिटिको प्रथम नगर सम्मेलन उद्धघाटन गर्न उहाँ सर्लाही आउन लाग्नु भएको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट अगल भएपछि नेकपा(माओवादी केन्द्र)ले देशव्यापी संगठन विस्तारको कामलाई तिब्रता दिएको छ । वडा कमिटि देखि गाउँ नगर तथा जिल्ला हुँदै केन्द्रीय अधिवेशन सम्मको कार्यक्रम बनाई संगठन विस्तारको काममा लागेको माओवादी केन्द्रले गाउँ तथा नगर कमिटिको प्रथम सम्मेलन मंसिर १० गते एकैसाथ उद्धघाटन गरेको थियो ।
वरिष्ठ नेता एवम पुर्व उप प्रधान एवम पररष्ट्र मन्त्री (प्रकाश) भोली(शनिबार) बागमती नगरपालिका ४ को जिरायतमा  प्रथम नगर सम्मेलनको उद्धघाटन गर्नु हुने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech