Close This

लालबन्दी १५ बाट चार थान ट्याक्टर,चार जना मानिस र काठ प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१९ गते   ३२१० पटक हेरिएको

सर्लाही लालबन्दी नगरपालिका १५ बाट चार थान ट्याक्टर,चार जना मानिस र काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।  लालबन्दी नगरपालिका १५ बाट चार वटा ट्याक्टरमा काठ लोड गरि अवैध तरिकाबाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आज(आईतबार) बिहान करिब १० बजे वन कार्यालयको गस्ती टोलीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
लालबन्दी नगरपालिका .१५ परवानीपुर स्थित बोहोर डाँडावाट अवैध रुपमा लुकाई छुपाई पुरानो घरको सालको चिरुवा र डोलो मुडा काठ ल्यादै गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलिले ना ७ त २४४ , प्रदेश –२–०२ त –८१५–००१ ,ना ७ त३९२८ नम्बर र अर्काे अनटेष्ट गरी जम्मा ४ वटा ट्याक्टर र लोड भएको काठ नियन्त्रणमा लिएको हो ।
 ट्याक्टरमा र पुराना काठ लोड गरि लालबन्दी नगरपालिका १६ माझी टोल लियर आउँदै गर्दा चालक सुजन मोक्तान, जंगे माझी, राजु खड्का र श्याम केसीलाई नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय लालबन्दीलाई बुझाएको प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो । सव डिभिजन कार्यालय लालबन्दीले थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सर्लाहीलाई ट्याक्टर र काठ बुझाएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वल कुमार यादवले जानकारी दिनु भयो । काठ अवैध हो वा होईन र काठको परिमाण के कती भन्ने विषयमा नाँप जाँच हुन बाँकी रहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech