Close This

मलंगवा नगरपालिका ११ मा बसको ठक्करबाट एकजनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   २९९५ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ११ मा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।मलंगवा नगरपालिका ११ मा मंसिर २१ गते साँझ ना ४ ख १९२७ नम्बरको बसको ठक्करबाट पैदल यात्री गम्भीर घाइते भएका र उपचारको लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मुत्यु हुनेमा मलंगवा नगरपालिका ११ का अन्दाजी वर्ष ३६ का सयामनदन राय रहेका जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिने बस र बसका चालक कविलासी नगरपालिका ८ का सुर्य नारायण राय यादव जिल्ला प्रहरी कर्यालय सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
ठक्कर दिने बसमाथी स्थानीयले आक्रमण गर्दा बसको केही झ्यालको सिसा फुटेको छ । शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech