Close This

सर्लाही क्षेत्र नम्बर ४ मा संस्थापन प्यानलै विजयी,सांसद डा. सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   २०९७ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशनको मतपरिणाम सर्वाजनिक भएको छ । निकै चासोका साथ हेरिएको सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशनको मतपरिणाम सर्वाजनिक भएको हो ।
सार्वजनिक मतपरिणाम अनुसार सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजितहुनु भएको छ । संस्थापन पक्षका प्रदेश नं.२ सरकारका महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र संस्थापन इतर पक्षका सांसद डा. अमरेश कुमार सिंह बिच कडा प्रतिस्पर्धा भएको थियो । त्यहाँ मन्त्री सिंहको प्यानलनै निर्वाचित भएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो । उहाँका अनुसार कडा प्रतिस्पर्धामा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह निर्वाचित हुनु भएको छ ।
वुधबार(आज) बिहान सम्पन्न मतगणनामा सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साहले ५ सय १ठ मत ल्याई  क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी संस्थापन इतर पक्षका सहनीले २ सय २७ मत मात्रै प्राप्त गरेका थिए ।
विजयी भएका साह संस्थापन पक्षका मन्त्री सिंह र पराजित भएका सहनी संस्थापन इतर पक्षका डा. अमरेशको तर्फबाट उम्मेदवार बनेका थिए । क्षेत्र नं. ४ को मंगलवार गोडैतास्थित रामवनमा मतदान भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech