मन्त्री सिंहका स्वकीय सचीव त्रिपाठी नै छैनन्,कांग्रेस महाधिवेशन प्रतिनिधि

4k Shares

नेपाली कांग्रेस सर्लाहीको युवा नेता प्रदेश न २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मा . बिरेन्द्र प्रसाद सिंहका स्वकीय सचिवले उम्मेदवारी दिएनन् । सर्लाही क्षेत्र नम्बर ४ मा प्रदेश न २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह निकै चर्चामा छन् । तर उनकै स्वकीय सचिव महाधिवेशन प्रतिनिधिमा परेनन् ।
मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले आफुले काग्रेसलाई मजबुत बनाउनका निम्ति सहमति,सहकार्य र एकताका निम्ति कुनै पदमा उम्मेदवारी नदिएको बताएका छन् । तपाईं त प्रतिनिधिमा अटनु भएन्छ त भन्ने हाम्रो प्रश्नमा ? उनले नअटेको नभई आफुले काग्रेसलाई मजबुत बनाउनका निम्ति सहमति,सहकार्य र एकताका निम्ति कुनै पदमा उम्मेदवारी नदिएको बताए । 
उनले आफ्नो नाम सिफारिस गर्न कसैलाई नभेनेको पार्टीका नेताहरुले पटक पटक सोध्दा पनि आफुले इच्छा जाहेर नगरेको तर आफू प्रतिनिधिमा नपरे पनि कांग्रेस सहमति,सहकार्य र एकताका साथ अगाडि बढेको हेर्न चाहेको बताए । म नआएर केही हुदैन काग्रेस आउनु पर्छ फेरि हाम्रो मन्त्री ज्यु कहिलै पनि नातावाद,कृपावादमा लाग्नु हुन्न जन्ताको प्रतिनिधि जन्ताले छानेको हुनु पर्छ भन्ने सोच राख्नु हुन्छ त्यसैले आफूले कहिलै प्रतिनिधिमा आउन मन्त्री ज्यु लाई सिफारिस नगरेको उनको जिकिर छ ।
प्रदेश न २ मा नेपाली काग्रेसका तर्फबाट सहभागी  मन्त्रीहरु मध्य भौतिक पुर्वाधार मन्त्री राम सरोज यादवका स्वकीय सचीव धिरेन्द्र मोहन झा केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्वाचित छन् भने काग्रेसकै अर्का प्रदेश २ का उर्जा मन्त्री ओम प्रकाश शर्माका स्वकीय सचीव सुजित मिश्रा पनि प्रदेश महाधिवेशन प्रतिनिधि भएका छन् । तर मन्त्री सिंहका स्वकीय सचिवले आफ्नो बेला नभएको तर आफुले कांग्रेस बलियो भएको हेर्न चाहेको बताए ।

सम्बन्धित समाचार