हरिवन नगरपालिका ८ चापिनीका १६ दलित र विपन्न परिवारलाई ब्लांकेट वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२८ गते   ६१ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ८, चापिनीमा दलित र अतिविपन्न १६ परिवारलाई ब्लांकेट वितरण गरिएको छ । हरिवन नगरपालिका ११ घरभई हाल अमेरिकामा बस्दै आएका शैलेश मैनालीको सहयोगमा हरिवन नगरपालिका ८, चापिनीमा दलित र अतिविपन्न १६ परिवारलाई ब्लांकेट वितरण गरिएको हो ।
चिसोबाट प्रभावित दलित र अतिविपन्न १६ परिवारहरुलाई एक÷एक थान ब्लांकेट प्रदान गरिएको आयोजकले जनाएको छ । सोही अवसरमा स्थानीय एक जना अशक्त व्यक्तिलाई एक थान ह्वील चेयर प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस हरिवन नगरपालिका ८, का वडा सभापति धनराज बुढाथोकी, विनोद महत, गणेश भण्डारी, राजिव मास्के, पन्च लामा, जीवन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech