न्यायको माग गर्दै आठैँ दिनदेखि जिल्ला प्रशासन कार्यालय गेटमा धर्नामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-५ गते   ६७ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीको मुल गोटमा न्यायको माग गर्दै बहुजन एकता पार्टी नेपालले मंसिर २७ गतेबाट सुरु गरेको धर्ना आठौँ दिन पनि जारी रहेको छ । बहुजनले गएको ८ दिन देखि जिल्ला प्रशासन कार्यालय सर्लाहीको मुल गेटमा धर्ना दिएको हो । पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन पार्टीका अन्य केन्द्रिय प्रतिनिधीहरु धर्नामा बसेका छन् । 
जेठ १२ गते जिल्लाको चक्रघट्टा गाउंपालिका २ का जसोधा देवी  र रामविनेश रायले चक्रघट्टा गाउंपालिका २ झगरु महराका छोरा अन्दाजी वर्ष  १८ का अजय महरालाई काम लगाई दिन्छु भन्दै ललाई फकाई लगेको र ६ महिना बिती सक्दा पनि आफ्ना छोरा घर नफर्के पछि प्रहरी कार्यालयमा उजुरी दिन जादा प्रहरीले उजुरी लिन नमानेपछि पीडित र पार्टी अनिश्चीत कालीन धर्नामा बसेका छन् ।
जिल्लाकैे चन्द्रनगर गाउंपालिका ६ का महेन्द्र माझीका छोरा वर्ष ३९ का जगदिस माझी र मगनोर माझिका छोरा वर्ष ३६ नन्दलाल माझी इश्वरपुर नगरपालिका ३ बस्ने बासुदेवसिंह भुजेलका छोरा वर्ष ३५ सुमन भुजेललाई पनि स्थानीय एक ठेकेदारले काम लगाइ दिन्छु भन्दै भारत लगि श्रमशोषण गरेका र खानामा विभिन्न अखाद्य परिकार मिसाएर खान दिदा बिरामी परि उनिहरुको ज्यान समेत गएको थियो ।  
आफ्नो सन्तान सकुकस,सन्तान नपाए लाश र लाश पनि नपाए उचित क्षेती पुर्तिको माग गर्दै आफु पनि धर्नामा बसेको अजय महराकाबुबा झगरु महराले बताए । ठेकेदार उपर कुनै कार्वाही नभएपछि दलित समुदाय जहिले पनि दमन र शोषणको सिकार भएको भन्दै बहुजनले दोषी उपर कडा कार्वाहीको माग,परिवारलाई क्षतिपुर्तीको व्यवस्था राज्यले गर्नुपर्ने भन्दै अनिश्चितकालिन धर्नामा बसेको पार्टीका वरिष्ट नेता राजाराम पासवानले बताउनु भयो ।
शान्तीपुर्ण धर्नालाई आफुहरुले सहज रुपमा बुझेको र आन्दोलनरत नागरिकहरुका माग सम्बोधन गर्न जिल्लाको सरोकारवाला निकाय हरदम प्रयत्न सिल रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भयो ।
पीडित परिवारको जाहेरी प्रहरीले तुरुन्तै दर्ता गरि बेपत्ता पारिएकालाई खोजी कार्य गर्नुपर्ने,मृत्यु भएका दलित मजदुरका दोषीहरुलाई कानुनको दायरामा ल्याएर पीडित परिवारलाई अविलम्ब क्षतिपुर्तीको व्यवस्था राज्यले गर्नु पर्ने माग राख्दै आफुहरु धर्नामा बसेको राष्ट्रिय अध्यक्ष हरिनन्दन रंजनले बताउनु भयो । कानुनी राज्य,सार्वभौम राज्यमा अझैपनि जातियता,धार्मीक,भाषिक र वर्गियताको आधारमा गरिने व्यावहार परिवर्तन हुनु जरुरी छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech