सर्लाहीमा १ वर्षमा ६ वटा प्रजिअ, खतिवडा २ महिनामै गए, नयाँ प्रजिअ गौतम आए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१३ गते   ४९ पटक हेरिएको

सर्लाहीमा विगत १ वर्षको अन्तरालमा ६ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको छ । विभिन्न राजनैतिक तथा अन्य घटनाहरुमा कतै संग्लग्नता त कतै राम्रो निर्देशन गर्न नसकेको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो ।
करिब २ महिना पहिला सरुवा भएर सर्लाही आउनु भएका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको पनि सरुवा भएको छ । एक हप्ताको लागि  बिदामा गएका प्रमुख जिल्ला अधिकारीको  बिदाबाट नर्फकिँदै सरुवा भएको हो । प्रजिअ खतिवडा बिदामा रहेको समयमा इश्वरपुर नगरपालिका ६ मा विवाद भएको र ११ जना प्रहरी घाइते तथा प्रहरीको भेनमा आगजनी हुँदा समेत जिल्ला नफिर्कएपछि प्रजिअ खतिवडाको सरुवा भएको हो ।
गृह मन्त्रालयले सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा स्थानेश्वर गौतमलाई  पठाएको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी खतिवडा गएको कात्तिक ९ गते सर्लाहीमा हाजिर हुनु भएको थियो । उहाँ कामको सिलसिलामा बारम्बार आइरहने राजनीतिक दबाबका कारण असन्तुष्ट रहेको बुझिएको छ । साथै उहाँले ११ जना प्रहरी घाइते तथा प्रहरीको भेनमा आगजनी हुँदा समेत समस्या समाधनमा कुनैपहल नगरेको भन्दै चौतर्फि आलोचना सुरु भएको थियो ।
सर्लाहीमा विगत १ वर्षको अन्तरालमा प्रजिअ गौतम,खतिवडा,राम कुमार महतो,हेमराज तामाङ र सुरेन्द्र पौडेल गरी १ वर्षको अन्तरालमा ६ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको  छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech