उखुको मूल्य निर्धारण गर्नसरोकारवाला निकाय मौन रहेको एकीकृत समाजवादी सर्लाहीको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२१ गते   ८९ पटक हेरिएको

देशका उखु उत्पादक किसानहरुको उखुको मूल्य चाँडो भन्दा चाँडो कायम गर्न नेकपा (एकीकृत समाजवादी) सर्लाहीले माग गरेको छ ।
 आज(बुधबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सर्लाही सहित देशका विभिन्न जिल्लाको प्रमुख नगदे वालिको रुपमा रहेको उखुको मुल्य चाँडो कायम गर्न माग गर्दै उखु कटान सुरु भएर चिनी उद्योगहरुमा पुग्दा समेत सरकारले उखुकोमुल्य निर्धारण नगरेको भन्दै आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
वर्षको एक पटक विक्री गरेर वर्ष भरीको खर्च धान्नु पर्ने उखु उत्पादक किसानहरु अहिले समस्यामा परेका घटनाहरुकोस्मरण गर्दै सरोकारवाला निकायले चाँडैउखुकोमुल्य निर्धारण गर्नुपर्ने एकिकृत समाजवादीको विज्ञप्तीमा उल्लेख गरिएको छ । उखुको मुल्य समयमै निर्धारण नहुँदा साना किसानहरुलाई ठुलो संकट परिरहेको विज्ञप्तीमा उल्लेख छ ।
हरेक वर्ष झै यो वर्षमा पनि उखुको न्युनतम मूल्य समयमा नै तय गर्न सम्वन्धित पक्षहरु असफल भएका एकिृकत समाजवादीको आरोप छ । नेपाल सरकार, चिनी उत्पादक उद्योग र उखु किसान नेताहरु यो विषयमा सम्वेदनशिल हुनु आवश्यकता रहेको एकिकृत समाजवादी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
मुल्य तय गर्न राज्य गम्भिर नहुनु, सधै झै उद्योगीहरुले ढिलो उद्योग चलाउने स्वार्थ राख्नु र किसान नेताहरुले यस विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन नसक्नु अहिलेका कमजोरी रहेको सो विज्ञप्तीमा उल्लेख छ ।  राज्य र उद्योगीहरु संवेदनशिल नभए किसानहरुले दवावमुलक कार्यक्रम ल्याएर भए पनि छिटो भन्दा छिटो उखुको उचित मुल्य घोषणा गराउन पहल कदमी लिन ढिलो भईसकेको विज्ञप्तिमा भनिएको छ । 
हामी तत्काल उखुको उचित मुल्य कायम गरि किसानलाई न्याय दिन जोडदार माग गर्दछौ । मूल्य तय नहुदै किसानले उखु काट्नु पर्ने वाध्यता श्रृजना हुनु आफैमा खेदजनक छ । जिल्लाका कतिपय किसानहरुले उखुको पुरानो भुक्तानी पाउनु सकेका छैनन् । जसबाट राज्य र चिनी उद्योगीहरुको किसानमारा नीति स्पष्ट भएको छ । हामी किसानहरुको वाकी रकम तत्काल भुक्तानी गर्न पनि जोडदार माग गर्दछौ । साथै किसानहरुको भुक्तानी नदिने उद्योगहरुको खाता र सम्पति रोक्का गर्न नेपाल सरकारले थालेको पहलको स्वागत पनि गर्दछौ (एकीकृत समाजवादी) सर्लाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech