जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पनि कोरोना संक्रमणले आक्रमण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको तेस्रो चरणको संक्रमणले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आक्रमण गर्दा २ कार्यालय प्रमुखहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । आज(सोमबार) साँझ आएको नतिजा अनुसार प्रमुख जिल्ला अधिकारी गौतम र प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनु भयो ।
कोरोना संक्रमण पुष्टि भएपछि आफुहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो । पहिलाको तुलनामा अहिले देखा परेको कोरोना संक्रमण कम जोखिमयुक्त भएपनि चाँडैसर्ने भएकाले थप सर्तकता आपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।