Close This

१८ आै स्थापना दिवशकाे अवसरमा मास्क वितरण

पत्र पत्रिका    प्रकाशित: २०७८-१०-१५ गते   ५१११ पटक हेरिएको

प्रेस सेन्टर नेपाल सर्लाहीले स्थापना दिवशकाे अवसरमा मास्क वितरण गरेकाे छ । प्रेस सेन्टर नेपालकाे १८ अाैँ स्थापना दिवशकाे अवसरमा आज( शनिवार)   मास्क वितरण गरिएको हाे । 
प्रेस सेन्टर नेपाल सर्लाहीले सर्लाहीको हरिवन नगरपालिका ९ मा रहेकाे मानव सेवा आश्रममा ५ सय थान मास्क वितरण गरेकाे प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी( गाैरब) ले जानकारी दिनु भयाे ।  उहाँका अनुसार सडक मानव मुक्त बनाउन थालिएको प्रयासले आफुहरुलाई प्रभावित पारेकाे र आफुहरुले सकेकाे सहयाेग निरन्तर गरि रहने बताउनु भयाे । 
मास्क वितरण कार्यक्रममा आश्रमकी व्यावस्थापक भाेलेन्टीएर सम्झना अधिकारी,प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष गाैरब,सचिव रमेश अधिकारी( रितिक) लगायतकाे उपस्थितिमा  मास्क वितरण गरिएको हाे ।  सहयाेग गर्न पुगेका प्रेस सेन्टर नेपाल सर्लाहीकाे टाेलीलाई आश्रममा स्वागत समेत गरिएको थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech