किशाेर किशोरीका लागि आत्मरक्षा तालिम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२० गते   ३८७ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा आयोजित १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिम सम्पन्न भएको छ ।किशोर किशोरीहरु भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन् भन्ने धारणा सहित किशोर किशोरीको समग्र विकासका लागि गरिएको तालिम सम्पन्न भएको हाे ।
बागमती सेवा समाजको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा संचालन भएको तालिममा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका गरि २० जना किशोर किशोरीहरुको सहभागिता रहेको आयाेजकले जनाएको छ ।तालिममा रुपान्तरण तालिम सहजीकरण पुस्तिकाको माध्यमबाट सिकाउने र सिक्ने कार्य संचालन गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिनु भयाे।
तालिम पश्चात अब किशोर किशोरीहरुले आफ्नो स्थानीय स्तरमा रहेका जोखिम तथा सिमान्तकृत बालबालिकालाई प्रत्येक हप्ता एक एक वटा साथी सहजकर्ता बनी रुपान्तरण कक्षा संचालन गर्नेछन् । उहाँका अनुसार आगामी ६ महिनासम्ममा करिब २ सय बालबालिकालाई साथी सहजकर्ताहरुले जीवन उपयोगी तथा आत्मरक्षाका सिपहरु सिकाईने छ। पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाको समन्वयमा माघ ११ गतेदेखि सुरु भएको तालिमको सहजीकरण गर्ल्स किक, काठमाण्डौंका निरज न्यौपाने र फुलकुमारी मगरले गर्नु भएको थियाे

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech