Close This

१२ हजार ट्याब्लेट नाईेट्राभेट बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२९ गते   ३३४६ पटक हेरिएको

शसस्त्र प्रहरी सर्लाहीले ठूलो परिमाणमा लागू औषध नाईट्राभेट बरामद् गरेको छ । जिल्लाको शसस्त्र प्रहरी बल सुन्दरपुर चोहर्बा बेस क्याम्पको गस्ती टोलीले शुक्रबार १२ हजार ट्याब्लेट नाईट्राभेट बरामद गरेको हो ।
बरहथबा नगरपालिका १७, श्रीपुर कटानीमा ना. ५५ प ९२८ नम्बरको मोटरसाईकलमा बोरा भित्र पोको पारेको अवस्थामा लागू औषध नाईट्राभेट ट्याब्लेट बरामद् गरिएको शसस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो ।
मोटरसाईकलमा लागुऔषध नाईट्राभेट लिएर आउँदै गरेका मोटरसाईकलका चालक शसस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ना साथ मोटरसाईकल छाडेर फरार भएको शसस्त्र प्रहरीले जनाएको छ ।
बोराभित्र ४० वटा प्याकेटमा १२ हजार ट्याब्लेट नाईट्राभेट फेला परेको शसस्त्रब प्रहरीले जनाएको छ । भारतीय बजारमा सहजै पाईने उक्त ट्याब्लेट लागूऔषधको रुपमा प्रयोग हुने गरेकाले नेपालमा भने प्रतिबन्धित रहेको छ । बरामद् ट्याब्लेट र मोटरसाईकल थप कार्बाही प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरी बल सुन्दरपुर चोहर्बा बेस क्याम्पका बेशपति शसस्त्र प्रहरी निरिक्षक वसन्त विसीले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech