बेपत्ता अभिभावकको खोजीमा दंगाल परिवार,“सरकार,हाम्रो अभिभावकको अवस्था हामीले थाहा पाउने ? ”

112 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–५ का द्वारिका प्रसाद दंगाल सम्पर्क विहीन भएपछि उनको परिवार आफ्ना अभिभावकको खोजीका लागि भन्दै भौतारिएको छ।भदौ १० गते रसुवाको भोटेकोसीमा अचानक आएको बाढीका कारण सोही दिनदेखि हराएका आफ्ना अभिभावकको खोजी गर्न भन्दै पीडित परिवार मिडियाको सम्पर्कमा आएका छन् ।
बाढी आएको करिब एक साता सम्मपनि आफ्ना अभिभावकहरुको कुनै टुङ्गो नलागेको भएपनि केही मानिसहरु सकुशल भेटिएकाले आफ्ना अभिभावक पनि सकुशल रहेको आशमा पीडित परिवार खोजीका लागि हारगुहार गरि रहेका छन् ।जनैपुर्णिमामा गोसाईकुण्ड नुहाउने जाने क्रममा भदौ १० गते रसुवाको भोटेकोसीमा अचानक आएको बाढीमा परेर लालबन्दीका दंगाल सहित पाँच जना हराएका थिए।उनीहरु मध्य कसैको पनि कुनै टुङ्गो लागेको छैन् ।
पीडित परिवारले बाढी आएको दिनदेखि आफ्ना अभिभावक दंगाल सम्पर्कविहीन भएपछि एक लामो समयदेखि पीीडत परिवारको खोजीमा भौतारिएका छन्।परिवारले विभिन्न माध्यमबाट खोजी र सम्पर्कको प्रयास गरे पनि अहिलेसम्म दंगालको अवस्थाबारे कुनै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।अभिभावक सम्पर्क विहीन भएपछि परिवारका लागि प्रत्येक दिन अनिश्चितता र पीडाबीच बितिरहेको छ।बिहान उठेदेखि नै“आज अभिभावकको कुनै खबर आउला कि ?”भन्ने आशा हुने गरे पनि दिन ढल्दा पनि त्यो आशा निराशामै परिणत हुने गरेको छ।
पीडित परिवारका अनुसार उनले तीन वर्षदेखि आफ्ना बुबालाई भेट्ने र अँगालो हाल्ने सपना बोकेर बसेकी थिइन्।तर बाढी आएको दिनदेखि बुबासँग सम्पर्क टुटेपछि उनको त्यो सपना अहिले पीडादायी प्रतीक्षामा परिणत भएको छ।“के म मेरो बुबाको अनुहार फेरि कहिल्यै देख्न नपाउने भाग्य लिएर जन्मिएकी हुँ? के आफ्नै बुबालाई फेरि एकपटक अँगालो हाल्न पनि मेरो भाग्यमा छैन?”दंगालकी छोरीले भनिन् ।
परिवारले दंगालको खोजीका लागि विभिन्न स्थानमा सम्पर्क गरेको,आफन्त तथा परिचितहरूसँग जानकारी लिएको र सम्भावित स्थानमा खोजी गरेको जनाएको छ।तर हालसम्म उको अवस्थाबारे विश्वसनीय जानकारी पाउन नसकेको परिवारको भनाइ छ।छोरीका लागि द्वारिका प्रसाद दंगाल केवल सम्पर्कविहीन व्यक्तिको सूचीमा रहेको एउटा नाम होइनन्।उनी भन्छिन्,“मेरो बुबा कसैका पति हुनुहुन्छ, कसैका छोरा हुनुहुन्छ र मेरो लागि मेरो सारा संसार हुनुहुन्छ।”
यही पीडाका बीच उनले नेपाल सरकार, प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा संलग्न सम्पूर्ण निकायसँग बुबाको खोजीलाई गम्भीरतापूर्वक अघि बढाउन आग्रह गरेकी छन्। “सम्पर्क विहीन भएका मानिसहरू केवल संख्या हुन् कि उनीहरूको पनि परिवार छ भन्ने कुरा कसैले महसुस गर्छ?”उनले प्रश्न गरिन् ।उनका अनुसार सरकारसँग आफ्नो परिवारका लागि कुनै विशेष सुविधा वा व्यक्तिगत लाभको माग छैन।उनको माग केवल आफ्ना बुबाको खोजी र उनको अवस्थाबारे सत्य जानकारी हो।“म सरकारसँग कुनै विशेष सुविधा मागिरहेकी छैन।म केवल मेरो बुबाको खोजी चाहन्छु। यस सवालमा राज्य जवाफदेही हुनुपर्छ ।

सम्बन्धित समाचार