Close This

नेपाल पुलिससंग नवजनजागृती स्तब्ध,पुलिसद्वारा ५ गाेल प्रहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-३ गते   २६५३ पटक हेरिएको

सर्लाहीकाे बागमतीमा जारी छैठाैं राजर्षि जनक कप फुटबल प्रतियाेगिताकाे दाेस्राे दिन विहिबारकाे खेलमा नेपाल पुलिस क्लबसंग नव जनजागृति युवा क्लब सिमरा ५-० गाेल अन्तरले पराजित भएको छ ।
नव जन जागृती युवा क्लब सिमरालाई खेल सूरु भएकाे २०  मिनेटमा १-० गाेलले अग्रता लिएकाे पुलिसले लगातार ५ गाेल प्रहार गरेकाे हाे ।   मधेश प्रदेशकै सर्वाधिक धनराशिकाे छाैठाैँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा १ बिदेशी सहित १२ वटा क्लबकाे सहभागीता रहेकाे आयाेजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनु भयाे ।
उहाँका अनुसार शुक्रबार हुने खेलमा न्युराे टिम र केविए क्लब विच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको बिजेताले रु १० लाख र उप विजेताले रु ५ लाख नगद पुरस्कार पाउने आयाेजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech