सर्लाहीको बरहथवा नगरपालिका ५ मा भएको बिबाह कार्यक्रममा प्रहरीले ज्यादती गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुुख प्रहरी नायव उपरिक्षक उमाशंकर यादव प्रमुख भएर आएपछि प्रहरीको दादागिरी बढेको हो ।
बिबाहमा जन्ती आएका मानिसहरुसंगको विषयलाई लिएर प्रहरीले स्थानिय सोझा साधा मानिसहरुमाथी लाडि चार्ज गरेपछि प्रहरीको दादागिरी बढेको स्थानियको आरोप छ । बिबाहमा जन्ती आएमा मानिसहरु मधिरा पिएर होल्ला गरेको समयमा पुगेको प्रहरीको टालीले केही मानिसहरुलाई नियन्त्रणमा लिएको भएपनि उनिहरुलाई छाडि स्थानिय माथी निर्मम तरिकाबाट लाडि चार्ज गर्न पुगेको स्थानिय रामजलन रायले बताएका छन् ।
प्रहरीले होल्ला गर्ने ४÷५ जना मानिसहरुलाई नियन्त्रणमा लिएको तर उनिहरुको दवावका कारण उनिहरुलाई छाडी स्थानिय सोझासाधा मानिसहरुलाई निर्मम तरिकाबाट कुटपिट गरि नियन्त्रणमा लिएको स्थानिय शिवश्वरुप रायले बताएका छन् । उनलेभने माही बेहुली तर्फका मानिसहरु हौँ । जन्ती आएका केही युवाहरु गाउँको एक होटलमा अधिरा सेवन गरि होल्ला गरि रहेकोअवस्थमा प्रहरी पुग्यो,प्रहरीलेकेही मानिसहरुलाई नियन्त्रणमा लियो । तर जन्ती पक्षको दवावका कारण छाडि दिएको र पछि आफुहरु बिबाह कार्यक्रममा व्यस्त रहेको समयमा अन्दाधुन्द लाडि चार्ज गरि आफुहरुलाई नियन्त्रणमा लिएको र प्रहरीको लाडि चार्जबाट नभई भाग दौडमा आफुहरुको खुट्टा भाँचिएको तथा चोक लागेको बताउनु लगाई प्रहरी रामबाबु राय र मुकेश यादवले भिडियो बनाएको उनिहरुको भनाई छ ।
बेहूली पक्षका ४५÷५० जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ भने. फुलबाबु रायको खुट्टा भाँचिएको स्थानिय शिवजी रायले बताउनु भयो ।
यता,मधिरा सेवन गरि बसेको अवस्थामा आफुहरुले मानिसलाई सोधपुछ गर्दा आफुहरुमाथी आक्रमणको प्रयास गरेका कारण आफुहरुले प्रतिकार गरेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक यादवले बताउनु भयो । साथै प्रहरीले कुनै भिडियो नबनाएको र जय प्रकाश यादवको रोहबरमा आफुहरुले नियन्त्रणमा लिएका मानिसहरुलाई छाडेको प्रहरी नायव उपरिक्षक यादवले बताउनु भयो ।