Close This

सर्लाहीका ७ प्रहरी निरिक्षक(इन्सपेक्टर)को एकैसाथ सरुवा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२५ गते   १७९८ पटक हेरिएको

सर्लाहीमा कार्यरत ७ जना प्रहरी निरीक्षकहरु(इन्सपेक्टर¬)को एकैसाथ सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार(आज) देशभरका ६ सय ७३ जना प्रहरी निरिक्षक(इन्सपेक्टर)हरुको सरुवा निकाल्दा सर्लाहीमा कार्यरत रहेका ७ प्रहरी निरिक्षक(इन्सपेक्टर)को सरुवा भएको हो ।
 जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीमा कार्यरत दुई जना प्रहरी निरीक्षक(इन्सपेक्टर)सहित ईलाका प्रहरी कार्यालय हरिपुर,ईलाका प्रहरी कार्यालय हरिवन,ईलाका प्रहरी कार्यालय लालबन्दी,ईलाका प्रहरी कार्यालय केशरगन्ज,वयलवास र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक(इन्सपेक्टर)हरुको सरुवा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) एवम कार्यालय प्रमुख बेदबहादुर पौडेलको जिल्ला प्रहरी कार्यालय रुपन्देही,इलाका प्रहरी कार्यालय हरिवनमा काजमा रहेका प्रहरी निरीक्षक(इन्सपेक्टर) एवम कार्यालय प्रमुख भूपेन्द्र गिरीको जिल्ला प्रहरी कार्यालय बागलुङ,इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) एवम कार्यालय प्रमुख निर्मल थापाको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर,इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक(इन्सपेक्टर) एवम कार्यालय प्रमुख जनकराज ढुंगानाको जिल्ला प्रहरी कार्यालय बझाङ र जिल्ला प्रहरी कार्यालय मलंगवा,सार्लहीमा कार्यरत प्रहरी निरीक्षक कृष्ण गिरीको महानगरीय प्रहरी परिसर काठमाडौं,जिल्ला प्रहरी कार्यालय मै कार्यरत प्रहरी निरीक्षक जटाशंकर यादवको इलाका प्रहरी कार्यालय धोबिडाँडा रामेछाप सरुवा भएको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीमा कार्यारत प्रहरी निरिक्षक(इन्सपेक्टर) एवम कार्यालय प्रमुख केदारमान दोङ्गको संघिय प्रहरी ईकाई कार्यालय काभ्रेपलाञ्चोक केन्द्रीय अनुसन्धन सेलमा सरुवा भएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय हरिपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगंजबाट प्रहरी निरीक्षक(इन्सपेक्टर) बिजय कुँवर, इलाका प्रहरी कार्यालय हरिवनमा महानगरिय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं अपराध नियन्त्रण शाखाबाट प्रहरी निरीक्षक(इन्सपेक्टर)मुकेश ताम्राकार,इलाका प्रहरी कार्यालय लालबन्दीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरी सुनसरीबाट प्रहरी निरीक्षक(इन्सपेक्टर)शान्ताराम कार्की, इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरको सामुदायिक प्रहरी शाखाबाट प्रहरी निरीक्षक(इन्सपेक्टर) रोशन थापा आउने भएका छन् ।
 त्यसैगरी जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीमा इलाका प्रहरी कार्यालय खोटाङबजार खोटाङबाट प्रहरी निरीक्षक(इन्सपेक्टर) सुमित कुशवाहा र संघीय प्रहरी इकाई कार्यालय जनकपुर धनुषा केन्द्रीय अनुसन्धान सेलबाट प्रहरी निरीक्षक चन्देश्वर यादव आउने भएका जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभिन पोख्रेलले जानकारी दिनु भयो ।
साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीमा महानगरिय प्रहरी कार्यालय रानिपोखरी इन्टेलिजेन्स शाखाबाट प्रहरी निरिक्षक(इन्सपेक्टर)इश्वर कार्की आउनु हुने भएको छ । विगत लामो समयदेखि हुन नसकेको प्रहरी निरीक्षक(इन्सपेक्टर)हरुको सरुवा अचानक हुँदा जिल्लाका ४ वटा ईलाका प्रहरी कायालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत ७ प्रहरी निरिक्षक(इन्सपेक्टर)को एकै पटक सरुवा भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech