हरिवन नगर प्रमुखमा पुनः प्रसाँइ र उप प्रमुखमा घलानको उम्मेदवारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१२ गते   २२७५ पटक हेरिएको

सर्लाही हरिवन नगरपालिकामा निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाँईले उम्मेदवारी दिनु भएको छ । प्रसाँईले दोस्रो कार्यकालका लागि नेकपा(एमाले)बाट उम्मेदवारी दिनु भएको हो ।
२०७४ सालमा पनि राम्रो मत ल्याएर नगर प्रमुखमा विजयी हुनु भएका प्रसाईले दोस्रो कार्याकालका लागि आज मनोनयन दर्ता गराउनु भएको हरिवन नगरपालिका ११ का निवर्तमान अध्यक्ष शेख मेहेबुव रेजाले जानकारी दिनुभयो । उहाँका अनुसार निवर्तमान नगर प्रमुख प्रसाँईले गतहप्ता पदबाट राजिनामा दिनु भएको थियो ।
मनोनयन दर्ता गर्दैै निवर्तमान नगर प्रमुख प्रसाईले पुनः पाँच वर्षका लागि हरिवन नगरवासीहरुको सेवा गर्न चाहेको र नगरवासीहरुको चहाना अनुरुप दोस्रो कार्यकालका लागि नगर प्रमुखमा उम्मेदवारी दिएको बताउनु भयो ।
वैदेशिक तथा कुटनैतिक ज्ञान बटुलेका निवर्तमान नगर प्रमुख प्रसाँईले यस अघिको करिब पाँच वर्षे कार्यकाल सुखद बिताउनु भएको थियो । नगर प्रमुखका उम्मेदवार प्रसाँईले नगरमा १७ किमी रिङरोड निर्माण सम्पन्न गर्नुका साथै स्मार्ट सिटी निर्माण, बत्ती, ढल निर्माण खेलकुद, स्वास्थ्य तथा शिक्षा लगायत रोजगारी क्षेत्रमा थुप्रै योजना माथी काम गर्नु भएको थियो । उहाँका केही योजनाले पुर्णता पाए भने केही योजनाहरु बाँकी रहेका कारण ती योजनाहरु सफल पार्न दोस्रो कार्यकालमा पनि नगर प्रमुखमा उम्मेदवारी दिनु भएको उहाँका स्वकीय सचिव युवराज आचार्यले जानकारी दिनु भयो । आचार्यका अनुसार उप प्रमुखमा हरिमाया घलानले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech