नेकपाको सचिवालय बैठक आज बस्ने

1.8k Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अर्थात बुधबार बस्ने भएको छ ।
मंगलबारका लागि बोलाइएको बैठक आज अर्थात बुधबार बेलुका ५ बजेका लागि सारिएको नेकपाले जनाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएलगत्तै सचिवालय बैठक बस्ने भनिएको थियो ।

केही दिन यता नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब बढ्दै गएको छ । सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता  तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा मंगलबारका लागि सचिवालय बैठक बोलाउने तय भएको थियो ।

यस्तै केही दिनअघि नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमा अध्यक्षद्वयआृली र दाहाललाई सामूहिक पत्र बुझाउँदै बैठकको माग गरेका थिए ।

सम्बन्धित समाचार