आफ्नो पार्टी हार्ने निस्चित भएपछि प्रत्यासीले चामल बाँडेको आरोप लगाउने विरुद्ध वडा अध्यक्ष पदका उम्मेदवार थापाको उजुरी

4.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६ मा नेकपा(माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका निवर्तमान वडा अध्यक्षमाथी दुव्र्यवहार भएको छ ।  लालबन्दी नगरपालिका १६ को परवानीपुरमा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापा माथी दुव्र्यवहार भएको हो ।
बैशाख २६ गते सोमबार साँझ लालबन्दी नगरपालिका १६ परवानीपुर,मिलनचोकबाट अबैध रासायनिक मल सिन्धुलीको मरिण जाँदै गरेको सुचनाको आधारमा पुगेको प्रहरीको टोलीले रासायनिक मल लोड भएको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।
रासायनिक मल र ट्रयाक्टरलाई नियन्त्रणमा लिई अस्थायी प्रहरी चौकी परवानीपुरमा ल्याएपछि नेकपा(एमाले)का नेता तथा कार्यकर्ताहरुले माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष एवम अहिले वडा अध्यक्ष पदका उम्मेदवार थापाले निर्वाचन आचार संहिता विपरित चामल बाँडेको भन्दै झुटो प्रचारबाजी गरेका थिए । उनिहरुले प्रहरीले नियन्त्रणमा लिएको मलखाद्य सहितको ट्रयाक्टरको भिडियो बनाएर सुनिल भण्डारीको नाममा रहेको फेसबुक आइडिबाट प्रत्यक्ष भिडियो प्रसारण प्रसारण गरेका थिए । अस्थायी प्रहरी चौकी परवानीपुरका प्रहरी प्रमुख प्रहरी असई गणेश कुमार दनुवारले आफुले अवैध मलखाद्य बरामद् गरेको बताउनु भएको छ । उहाँका अनुसार   नम्बरको ट्रयाक्टर त्यसमा लोड भएको एक सय बोरा रासायनिक मल र अनटेष्ट ट्रयाक्टरसहित चालक नियन्त्रणमा लिएको हो ।
तर सोही विषयलाई लिएर वडा अध्यक्ष पदका उम्मेदवार थापाको नाम जोडेर किसानहरुले लगेको मलखाद्यलाई चामल बाँड्न लगेको भन्दै प्रचारबाजी भएको भन्दै निवर्तमान वडा अध्यक्ष एवम वडा अध्यक्ष पदका उम्मेदवार थापाले अस्थायी प्रहरी चौकी परवाजीपुरमा आवश्यक कार्बाहीका लागि भन्दै उजुरी गरेका छन् । भण्डारीको फेशबुकमा हालिएको भिडियो ९ मिनेट आठ सेकेन्डको रहेको छ ।
भिडलाई नियन्त्रण गर्न गा¥हो भए पछि सो अबैध मल सोमबार राती १ बजे नै ईलाका प्रहरी कार्यालय लालबन्दी पठाइएको अस्थायी प्रहरी चौकी परवानीपुरका प्रमुख असई दनुवारले बताउनु भयो । भने ईलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार बरामद् गरिएको मल र ट्रयाक्टर र चालक सहित बुधबार जिल्ला भन्सार कार्यालय सर्लाही बुझाई सकिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार बरामद् भएको रासायनिक मल र ट्रयाक्टर गरी कुल ९ लाख ११ हजारको रहेको छ ।
प्रहरीले मलखाद्य बरामद् गरि भन्सार बुझाई सकेको भएपनि आफ्नो चरित्र हत्या हुने गरि अनावश्यक हल्ला गरिएको भन्दै सत्य, तथ्य छानबिन गरी आवश्यक कार्बाही गर्न वडा अध्यक्ष पदका उम्मेदवार थापाले अस्थायी प्रहरी चौकी परवानीपुरमा उजुरी गर्नु भएको छ ।

सम्बन्धित समाचार