सर्लाहीको बलरा नगरपालिका ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशाेर साहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उहाँलाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेखरेलले जानकारी दिनुभयाे । प्रहरी उपरीक्षक पाेख्रेलका अनुसार बलरा ३ मा मतदान अवरुद्द भएकाे छ ।
मतदान सुचारु गराउने प्रयास भईरहेकाे प्रहरी उपरीक्षक पाेखरेलले जानकारी दिनुभयाे। हाल मतदान स्थगित गरेर छलफल भईरहेकाे बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिनुभयाे । जिल्लामा मतदानकाे ७२ घण्टा अघिबाट निर्वाचन आचारसंहिता लागू गरिएको भए पनि सर्लाहीमा आचारसंहिता विरुद्धका गतिविधि जारी रहेकाे छ ।