गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार बुढाथोकीले गरे मतदान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३० गते   ८८ पटक हेरिएको

मतदान गर्नु हुँदै नगर प्रमुख पदमका उम्मेदवार बुढाथोकी

नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) काे गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार प्रह्लाद कुमार बुढाथोकीले मतदान गर्नु भएको छ । लालबन्दी नगरपालिका ८ स्थित आधारभुत विद्यालय खतिवडा चाेकमा नगर प्रमुख पदका उम्मेद्वार बुढाथोकीले मतदान गर्नु भएको हाे ।
मेयरका उम्मेदवार बुढाथोकीले  मतदानपछि  माओवादी केन्द्र र एकीकृत समाजवादीकाे गठबन्धन स्पष्ट बहुमतका साथ विजयी हुने बताउनुभयो ।
 उहाँले लालबन्दी नगरपालिकामा  गठबन्धनको जित निश्चित रहेको भन्दै उहाले विवेक पुर्याएर मतदान गर्न लालबन्दी नगरबासी मतदाताहरुसंग आग्रह गर्नुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech