Close This

लालबन्दीमा माओवादी केन्द्रलाई उछिन्दै कांग्रेस अग्रस्थानमा,माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३१ गते   ८२० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा १, २ र ३ को मतगणना चलिरहँदा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार  बासुदेव अधिकारीले अग्रता  लिनु भएको छ । लालबन्दी १ र २ को मात्रै गणना गर्दा दोस्रो स्थानमा रहेका अधिकारी लालबन्दी ३ को गणना सुरु भएपछि पहिलो स्थानमा पुग्नु भएको हो । अधिकारीले ७ सय ८६ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
दुईवटा वडाको मात्रै मतगणना गर्दा अग्रस्थानमा रहेका नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)को गठबन्धनबाट नगर प्रमुख पदका उममेदवार प्रह्लाद कुमार बुढाथोकी अहिले भने दोस्रो स्थानमा पुग्नु भएको छ । उहाँले ६ सय ३० मत ल्याउनु भएको हो । तेस्रो स्थानमा रहेका नेकपा(एमाले)को तर्फबाट नगर प्रमुख पदका उम्मेदवार  गोविन्द महत अहिले पनि तेस्रो स्थानमा नै रहनु भएको छ । उहाँले माओवादी केन्द्र र समाजवादीको तर्फका नगर प्रमुख पदका उममेदवार बुढाथोकीलाई पच्छ्याउँदै  ५ सय ९५ मत ल्याउनु भएको हो ।
यता,लालबन्दीको उप प्रमुख पदकी उम्मेदवार नेपाली  कांग्रेसकी कल्पना पाख्रिनले ६ सय ५१ मतसहित अग्रता स्थान कायमै राख्नु भएको छ । भने नेकपा-एमाले-की सनसरीमाया थिंगले ६ सय १ मत ल्याएर पछ्याइ रहनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech