मधेश प्रदेशको प्रादेशिक अस्पताल, जनकपुरमा स्त्री रोगीहरुको शल्यक्रियाका लागि छुट्टै अपरेशन थिएटर उद्धघाटन गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको प्रादेशिक अस्पताल जनकपुरमा पाठेघर खस्का महिलाहरुको शल्यक्रियाका लागि छुट्टै अपरेशन थिएटर उदघाटन गरिएको हो ।
अस्ट्रेलियाली सरकार र ओपेन हर्ट इन्टरनेशनलको आर्थिक सहयोग, आडा« नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल,सर्लाहीको साझेदारीमा प्रादेशिक अस्पताल, जनकपुरमा स्त्री रोगीहरुको शल्यक्रियाका लागि छुट्टै अपरेशन थिएटर उद्धघाटन गरिएको बागमती सेवा समाज सर्लाहीका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार अस्ट्रेलियाली सरकार र ओपेन हर्ट इन्टरनेशनलको आर्थिक सहयोग, आडा« नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल,सर्लाहीको साझेदारीमा सञ्चालन भईरहेको महिला स्वास्थ्य तथा प्रणाली सुदृढिकरण परियोजना अन्तर्गत प्रादेशिक अस्पताल, जनकपुर, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपूरधाम, धनुषामा पाठेघर खसेका महिलाहरुको शल्यक्रियाका लागि छुट्टै अपरेशन थिएटरलाई आवश्यक देखेपछि आवश्यक उपकरण र सामाग्रीहरु प्रदान गरि उद्धघाटन गरिएको हो ।
अस्टेलियन एडकी कभिता कस्यनाथन, अस्टेलियन एडकी कामक्षी याकथुम्बा, ओपन हर्ट ईन्टरनेशनल की मेय स्यालिडियो,मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेबल साह र स्वास्थ्य शाखा प्रमुख, सामाजीक विकास मन्त्रालय, मधेश प्रदेशका निर्देशक डा. मुक्ती नारायण साहले एकैसाथ प्रादेशिक अस्पताल जनकपुरमा पाठेघर खस्का महिलाहरुको शल्यक्रियाका लागि छुट्टै अपरेशन थिएटर उद्धघाटन गर्नु भएको सामाजिक विकास मन्त्रालय मधेश प्रदेशले जनाएको छ ।
अपरेशन थिएटर उद्धघाटन कार्यक्रममा रु आडा« नेपालका सहयोगी निर्देशक डा. घनश्याम भट्ट लगायतको उपस्थितीमा अपरेशन थिएटर उद्धघाटन गरिएको बागमती सेवा समाज सर्लाहीका निरज भण्डारीले कमलामाई मिडिाया प्रा.लिलाई जानकारी दिनु भयो ।
धेरै प्रकारका सेवा सुविधाहरु सञ्चालन गरि रहेको प्रादेशिक अस्पताल जनकपुरमा स्त्री रोग सम्बन्धी शल्याक्रिया थिएटर नहँुदा स्त्री रोगीहरु शल्यकिक्राका लागि अन्यन्त्र जानु पर्ने बाध्यतामा रहेका थिए ।सामान्य शल्याक्रिया गर्नु पर्ने स्त्री रोगीहरु पनि निजी अस्पतालमा जान बाधय हुँदा अनोकौँ शास्ती खोप्न बाध्य भएको अवस्थालाई ध्यानमा राखेर सहयोगी संस्थाहरुसंग आफुहरुले प्रस्ताव राखेपछि सहयोग प्राप्त भएको अस्पताल स्रोतले जनाएको छ ।
भने आफुहरुले सहयोग गरेको समाग्रीको केन्द्र सरकार र मधेश प्रदेश सरकारले व्यावस्थापन र दिर्घकालीन रुपमा अगाडी बढाउन समन्वय र सहयाग जारी राख्नुआवश्यक रहेको अस्टेलियन एडकी कभिता कस्यनाथनले बताउनु भयो । उहाँले आफुहरुले एक पटकका लागि अष्ट्रेलियन प्रविधिको शल्याक्रिया थिएटर सहयोग गरेको र यसको संरक्षण केन्द्र सरकार र मधेश प्रदेश सरकारले गर्नु पर्ने बताउनु भयो ।
अस्पतालले दक्ष चिकित्सकहरु अन्य धेरै प्रकारका सेवाहरु सञ्चालन गरि रहेको भएपनि स्त्री रोगीहरुको शल्याक्रिया थियटर आवश्यक रहेको र सो आवश्यकता विभिन्न दातृ निकायहरुको सहयोगमा प्राप्त भएको भन्दै अस्पताल प्रशासनले सहयोगीहरुलाई धन्यवाद समेत दिएको अस्पताल स्रोतले बताएको छ ।