सर्लाहीको बागमती नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)का भरतकुमार थापा र लिला कुमारी मोक्तान दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । नगर प्रमुखमा थापाले ११ हजार ३ सय ५७ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का टंकबहादुर बस्नेत (गोकुल) ले ७ हजार ३ सय ६८ मत पाउनु भयो ।
उप प्रमुखमा मोक्तानले १० हजार ८ सय ७९ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले ७ हजार ७ सय ५ मत पाउनुभयो । यस्तै १२ वटा वडा रहेको बागमती नगरपालिकाको १ मा नेकपा(माओवादी केन्द्र)का गम्भीर सिं पाख्रिन १ हजार १ सय १५ मत, वडा नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का टेक बहादुर बल ४ सय ७५ मत, वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र)का तिलक बहादुर मोक्तान १ हजार १ सय ३७ मत, वडा नम्बर ४ मा नेकपा(माओवादी केन्द्र)का कृष्ण कुमार लामा १ हजार ८ सय २२ मत, वडा नम्बर ५ मा नेकपा(माओवादी केन्द्र)का कृष्ण बहादुर वाइबा १ हजार २ सय ८५ मत, वडा नम्बर ६ मा नेकपा(माओवादी केन्द्र)का गोपाल बहादुर थापा ४ सय ९४ मत, वडा नम्बर ७ मा नेकपा (माओवादी केन्द्र)का दुर्गा बहादुर हेन्जन ८ सय ६४ मत, वडा नम्बर ८ मा नेकपा(एमाले)का डम्बर बहादुर कार्की ६ सय ३८ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका दिनेश राय ५ सय १७ मत, वडा नम्बर १० मा नेकपा(माओवादी केन्द्र)का जुगेर कादीर ५ सय ११ मत, वडा नम्बर ११ मा नेकपा(माओवादी केन्द्र)का प्रदीप आचार्य ९ सय १६ मत र वडा नम्बर १२ मा नेकपा(माओवादी केन्द्र)का ओम बहादुर श्रेष्ठ १ हजार २ सय १९ मत ल्याउँदै निर्वाचित हुनु भयो ।