चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)की गीता देवी महतो निर्वाचित हुनु भएको छ । ।निर्वाचित अध्यक्ष महतोले ३ हजार ९ सय ९५ मत मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत प्राप्त गर्नुभयो ।
निवर्तमान गाउँपालिका अध्यक्ष लोसपाका महेन्द्र महतोले २ हजार ८ सय ८५ मत ल्याउनुभयो । ७ वटा वडा रहेको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा रामेश्वर प्रसाद महतो ६ सय ४६ मत , वडा नम्बर २ मा नेपाली कांग्रेसका शम्भु साह तेली ६ सय १२ मत, वडा नम्बर ३ मा नेकपा(माओवादी केन्द्र)का सीताराम महतो ७ सय २३ मत, वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार राजीव सिंह दनुवार ५ सय ३० मत, वडा नम्बर ५ मा लोसपाका सुर्यवंश राय ५ सय ५७ मत, वडा नम्बर ६ मा नेकपा(माओवादी केन्द्र)का राम स्वरुप कुर्मी ४ सय ५६ मत र वडा नम्बर ७ मा नेकपा(माओवादी केन्द्र)का दिपेन्द्र कुमार चौधरी ५ सय ४८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।