गोलन्जोर १ बाट सुनकोशी नदीमा खसेको हाइलेक्स गोताखोरले निकाल्यो,वेपत्ता ३ जनाको खोजी हुँदैँ

388 Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा शनिबार साँझ खसेको इसुजु हाइलेक्समा सवार वेपत्ता तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकोछ ।मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट हाइलक्स गाडी सुनकोशी नदीमा शनिबार साँझ करिब साँढे ५ बजे खसेको थियो ।खोटाङ हलेसीबाट काठमाडौंतर्फ फर्कदै गरेको इसुजु हाइलेक्सबाट हाम्फालेर बच्न सफल भएका भक्तपुर जगातीका अन्दाजी २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ भने कक्षपतीले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका सिन्धुली प्रहरीले जनाएको छ ।
सुनकोशी नदीमा खसेर वेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका अविन बडे,सोही ठाउँका प्रनित स्यागु र बलराम घटुवा रहेका छन् ।दुर्घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको थियो ।
रातिको समयमा उद्दारमा कठिनाइ भएको कारण आईतबार बिहानैबाट खोजी सुरू गरेको गोताखोरले हाइलेक्स गाडी नदीको पानीबाट बाहिर निकालेको छ । गाडीमा कुनैपनि शब फेला नपरेको र नदीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार