सर्लाहीको हरिवन नगरपालिका ५ मा निर्माणाधिन अवस्थामा रहेको खानेपानीको ओभरहेड ट्यांकी निर्माणकै चरणमा अलपत्र परेको छ । हरिवन नगरपालिका ५ घुर्काैली,शिद्धार्थटोलमा निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्यांकी निर्माणकै चरणमा अलपत्र परेको हो ।नेपाल सरकारको आर्थिक सहयोग मधेश प्रदेश सरकार र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माण सुरु भएको ८ करोड १ लाख ५८ हजार ४ सय १४ रुपैँयामा निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्यांकी निर्माणकै चरणमा अलपत्र परेको हो ।
नेपाल सरकारको आर्थिक सहयोग मधेश प्रदेश सरकारको समन्वय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सर्लाहीको निगरानीमा रु ८ करोड १ लाख ५८ हजार ४ सय १४ मा करिब ५ हजार जनसंख्यालाई शुद्ध पिउने पानी पुर्याउने लक्ष्यका साथ निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्यांकी निर्माणकै चरणमा अलपत्र परेको हो ।
आफुहरुलाई पाएक नपर्ने र प्रदुषित यरियमा खानेपानीको ओभरहेड ट्यांकी निर्माण गर्नु नै मुख्य समस्या रहेको हरिवन नगरपालिका ५ का राजेश महतोले बताउनुभयो । इन्दु शंकर चिनी उद्योगबाट निस्केको प्रदुषित पानी सोही क्षेत्रमा लगेर छाडिएको र सोही क्षेत्रमा खानेपानी व्यावस्थापनको काम गर्दा आफुहरुलेशुद्ध पिउने पानी नपाउने महतोले बताउनु भयो ।
हरिवन नगरपालिका ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योगको प्रदुषित पानीको ढल निकास रहेको स्थान नजिकै खानेपानीको ओभरहेड ट्यांकी निर्माण सुरु गरिएको र कसैसंग समन्वय नगरि निर्माण गरिदाँ अलपत्र परेको स्थानिय शंकर महतोले बताउनु भयो ।
उहाँका अनुसार वडा अध्यक्ष नागेन्द्र साह र तत्कालीन नगर प्रमुख गणेश प्रसाई प्रसाईको मिलेमतोमा केही रकम हिनामिन गर्ने मनसाय स्वारुप खोला किनारमा लगेर पानी ट्यांकीको ओभरहेड ट्यांकी निर्माण गरिएको हो ।
वडा भित्रका धेरै चापाकलहरुमा आउने पानी अखाद्य रहेको र इन्दु शंकर चिनी उद्योगले वडा कार्यालयलाई सो जग्गा दिएका कारण सोही स्थानमा खानेपानीको ओभरहेड ट्यांकी निर्माण सुरु गरिएको हरिवन नगरपालिका ५ का वडा अध्यक्ष नागेन्द्र साहले बताउनु भयो ।
आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण सुरु गरि २०७९ साउन १४ मा निर्माण सम्पन्न गर्नु पर्ने खानेपानीको ओभरहेड ट्यांकी निर्माणको सम्पन्न गर्नु पर्ने अवधि सकिनै लाग्दा पनि आधा काम भएको छ । कमलेस निर्माण सेवा प्रा.लिले निर्माणको ठेक्का पाएको भएपनि सो प्रोजेक्टमा बजेट अभावका कारण समयमै निर्माण हुन नसक्ने देखिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सार्लहीका निमित्त डिभिजन प्रमुख जानकी शरण भगतले बताउनु भयो । उहाँका अनुसार माग अनुसारको बजेट नआएका कारण समयमै काम सम्पन्न गर्न नसकिने बताउनु भयो । आगामी वर्षमा हरिवन ५ का स्थानियबासीलाई शुद्ध पिउने पानीको व्यावस्था गर्ने निमित्त प्रमुख भगतले बताउनु भयो ।
रु ८ करोड १ लाख ५८ हजार ४ सय १४ मा हरिवन नगरपालिका ५ र ६ का गरि करिब ५ हजार जनसंख्यालाई शुद्ध पिउने पानी खुवाउने लक्ष्यका साथ आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण सुरु गरिएको प्रोजेक्टको करिब २६ किलो मिटर मध्य अहिले सम्म ६ किलो मिटर मात्र पाईप विछ्याउने काम भएको छ । प्रोजेक्टको कम्पाउण्डवाल लगाउने काम र विद्युतगृह निर्माणको काम सकिएको भएपनि करिब ४० प्रतिशत काम अझैँ बाँकी रहँदा निर्धारित समयमा काम सकिने अवस्था छैन ।