हामी नोकर बन्नुपर्छ,जनता मालिक हुन ः बागमती नगर प्रमुख थापा

2.2k Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले आफुहरु मालिक नभएर जनताका नोकर भएको बताउनु भयो । उहाँले आफुहरुलाई जनताले आफ्नो काम गर्न भन्देभोट दिएर जिताएका बताउँदै उहाँले आफुहरु मालिक नभएर जनताका नोकर भएको बताउनुभयो ।
स्थानिय निकायको निर्वाचन २०७४ सालमा पनि बागमती नरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनु भएका नगर प्रमुख थापा दोस्रो कार्यकालका लागि २०७९ बैशाख ३० मा पनि निर्वाचित हुनु भएको छ । हामीले नेतृत्व लिइसकेपछि भ्रष्ट्राचार गर्नु हुँदैन र गर्न दिनु पनि हुँदैन भनेर लाग्यौं। हामी मालिक होइन, नोकर बन्नुपर्छ, जनता मालिक हो भनेर बुझ्नुपर्छ। कमलामाई मिडिया प्रा.लिसंग नगर प्रमुख थापाले बताउनु भयो ।
आफ्नालाई विश्वास गर्ने बानी गर्नुपर्छ र विपक्षीलाई माया गर्नुपर्छ। हामीले गाउँलाई शहर बनाउने नीति लियौं र हाम्रो नगरमा भएका सबै गरिब र झुपडीमा बसोबास गर्ने जनतालाई सम्पन्न कसरी बनाउन सकिन्छ भन्ने सोचेर काम ग¥यौं भने जनताको मन जित्छौं। उहाँले बताउनुभयो ।
‘हाम्रो नगरमा सबै समुदायका मानिसहरु बसोबास गर्ने भएकाले पनि  महिला र पुरुषबीच विभेद थियो, त्यसैले हामीले सुत्केरी भत्ता वितरण ग¥यौं। छोरा र छोरीमा विभेद नहोस् भनेर हामीले छोरी जन्माउनेलाई रु ५ हजार, छोरा जन्माउनेलाई रु ३ हजार सुत्केरी स्याहार खर्च दियौँ। म निर्वाचित हुँदा २४ वटा सामुदायिक विद्यालय थियो। करिब २ हजार ५ सय विद्यार्थी थिए। तर, हामीले शिक्षा ऐन कडाइका साथ जारी ग¥यौँ, सबै जनप्रतिनिधिहरु र कर्माचारीहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पठन पाठन गराउनुपर्ने व्यावस्थाको सुरुवात ग¥यौँ । हामीले गुणस्तरीय शिक्षा दिने भनेर कडाईका साथ ऐन जारी गरेपछि अहिले हाम्रो सामुदायिक विद्यालयमा भर्ना रोक्नुपर्ने अवस्था छ।
हामीले रोग लाग्नु भन्दा रोग लाग्न नदिने कार्यक्रमको सुरुवात गरेका छौँ। हामीले एक वडा, एक खेल मैदान भनेर काम अघि बढाएका छौँ। हामीले उत्पादन सँगसँगै व्यवस्थापन र व्यवस्थापन सँगसँगै बजारीकरणमा जोड दिएका छौँ।
जति पनि पूर्वाधारका काम गर्छौं, जनतासँग जोडेर गर्ने हो भने आफैं सुशासन हुने हुन्छ । उपभोक्ता समिति निर्माण गर्दा यो हाम्रो पार्टीको, त्यो अर्को पार्टीको भन्नु हुँदैन। समाजमा रहेका, समाजले चुनेका मान्छेलाई उपभोक्ता समितिमा जोडेर काम गरियो भने सबैलाई सुशासन सम्बन्धी ज्ञान हुन्छ।
हामीले यो पालिका मेरो घर हो, घर जसरी चलाउँछु, त्यसरी अगाडि बढ्छु भन्ने सोच बनाउनुपर्छ। जसले नयाँ काम गर्छ, जसले नयाँपन दिनसक्छ, उसैलाई संसारले चिन्ने हो। ’ बताउनुभयो ।
नगरपालिकाले आन्तरीक तथा बाह्य पर्यटकहरु भित्र्याउन १ सय २१ विघाको पोखरी निर्माण गरि रहेको छ । नगर वगैँचा,फनपार्क निर्माण गर्नुका साथै रसिोर्टहरु निर्माण गरेर आन्तरीक आयस्रोत बढाउनुको साथै आन्तरीक तथा बाह्य पर्यटकहरु भित्र्याउने काम गरि रहेको छ । जसबाट नगर भित्रका वेरोजगार करिब २ हजार जना युवाहरुलेरोजगारी पाएका छन् । नगरका अधिकांश स्थानका सडकहरुको स्तरोउन्नती गरि कालोपत्रे गरिएको छ । नगरका विभिन्न खाली रहेका जमिनमा करिब ७ हजार ५ सय सुकुम्बासीहरुको व्यावस्थापन गरिएको छ ।

सम्बन्धित समाचार