सर्लाहीको इश्वरपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इश्वरपुर नगरपालिका ९ का अन्दाजी ४० वर्षिय मनोज कुमार चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
इश्वरपुर नगरपालिका ५ मा रहेको स्कूट एण्ड स्कट प्रा .ली नेपालमा कार्यरत इश्वरपुर नगरपालिका ९ का चौधरीको काम गर्ने क्रममा मोटरको नाङ्गो तारमा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लाग इश्वरपुर नगरपालिका ६ मा रहेको अमृत हेल्य केयर सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।उपचारको क्रममा ज्यान गएका चौधरीको शव पोष्ट मार्टमका लागि प्रादेशीक अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।
काम गर्ने क्रममा मोटरको नाङ्गो तारमा कुल्चेर करेन्ट लागि घाइते भएका चौधरीको इश्वरपुर नगरपालिका ६ मा रहेको अमृत हेल्य केयर सेन्टरमा उपचारको क्रममा ज्यान गएको र शव पोष्ट मार्टमका लागि प्रादेशीक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।