Close This

नेपालमा पछिल्लो २४ घन्टामा भेटिएनन कोरोना संक्रमीत

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१८ गते   २३७ पटक हेरिएको

नेपालमा पछिल्लो २४ घन्टामा एउटा पनि नयाँ संक्रमीत देखिएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गत २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन् ।

हाल देशभर संक्रमितको संख्या ५७ जना रहेको छ भने १६जना निको भएर घर फर्किससकेका छन् । डा देवकोटाका अनुसार ४१ जना कोरोना संक्रमितहरुको विभिन्न अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

संक्रमित ४१ जनामध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा एकजना, चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा एकजना, विरगञ्जको नारायणी अस्पतालमा ८ जना र विराटनगरको कोशी प्रादेशिक अस्पतालमा ३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।डा देवकोटाका अनुसार यी अस्पतालहरुमा रहेका ४१ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech