Close This

माेटरसाईकलकाे ठक्करबाट बालककाे ज्यान गयाे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१९ गते   १६९६ पटक हेरिएको

सर्लाहीको रामनगर गाउँपालिका ७, गैरिया टोलमा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
भारतीय बीआर ३० एस ८५६७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका सुरेन्द्र साहका छोरा अन्दाजी  १० वर्षीय निखिल साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका निखिलको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे  ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । खुल्ला सिमानाका कारण मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा भारतिय नम्बर प्लेटका सवारीसाधनहरुकाे सहज आवत जावत हुँदा सवारीसाधन व्यवस्थापन गर्न समस्या हुने गरेकाे ट्राफिक प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech