Close This

म्याद गुज्रिएको वस्तु बिक्री वितरण नगरेको डालिमार्टको दावी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२१ गते   १५४३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको डालीमार्टले म्याद गुज्रिएको वस्तु बिक्री वितरण नगरेको दावी गरेको छ । लालबन्दी नगरपालिका ७ मा रहेको मार्टले म्याद गुज्रिएको र कीरा परिसकेको अखाद्य वस्तु बिक्री भइरहेको पाइएको भन्दै लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।
लालबन्दी नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाको नेतृत्वमा पुगेको अनुगमन टोलीले डालीमार्टबाट म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकीरा र चिलेसा लागिसकेको मकैको च्याख्ला लगायतका वस्तु बिक्री गरिरहेको फेला पारेको बताएको थियो ।
तर यता मार्टले भने सो विषयमा आफ्नो गंभिरध्यानाकर्षण भएको बताएको छ । मार्टले एक विज्ञप्ती जारी गर्दै आफ्नो मार्टप्रति फैलाइएको नकारात्मक प्रचारबाजीको विरोध गरेको छ । लालबन्दी नगरपालिका ७ मा सञ्चालीत मार्टबाट उपभोक्ता ठगिएको गुनासो आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेर मार्टको अनुगमन गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech