सर्लाहीका पेट्रोल पम्प व्यावसायीहरुले आफुहरु मारमा परेको गुनासो गरेका छन् । पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि आफुहरु मारमा परेको उनिहरुको गुनासो छ ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धि अनियमित तरिकाबाट भयो जसका कारण यातायात व्यवसायीहरुले ढुवानी भाडा बढाए,तर हामीले पाउने कमिसन बढेको छैन बरकाती फ्यूल सेन्टरका सञ्चालक जक्की अहमदले बताए । कर्माचारी पाल्नु पर्यो,विद्युत महसुल,ढुवानी भाडा,राजश्व र बैँक ब्याजका साथै पेट्रोलियम पदार्थको चुहावटलगायतका सबै मार आफुहरुले नै खेप्नु पर्छ,कमिसन भने पहिला कै कायम रहेको जसबाट आफुहरु मारमा परेको अहमद्को भनाई छ ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि ढुवानी भाडा तत्कालै बढ्छ तर कमिसन कहिलै बढ्दैन,त्यति मात्र नभई चुवाहटका विषयमा सरोकारवाला निकायसंग पटक पटक कुरा राख्दा पनि आफ्नो कुराको सुनुवाई नभएको जिल्लाका पेट्रोल पम्प व्यावसायीहरुको गुनासो छ ।
एक ट्यांकरमा आउने १२ हजार लिटर पेट्रोलियम पदार्थ मध्य १ सय २० लिटर चुवाहट हुन्छ । ढुवानीमा प्रति लिटर २ रुपैँया ढुवानी भाडा र लिटरको ८ रुपँया कमिसन आउँछ पहिला८४ रुपैँयामा पेट्रोल बेच्दा पनि कमिसन रु ८ नै थियो । पेट्रोल पम्प व्यावसायीहरुको भनाई छ ।
एक ट्यांकरमा १२ हजार लिटर पेट्रोलियम पदार्थ आउने र त्यसबाट १ सय २० लिटर चुवाहट हुने,ढुवानीमा प्रति लिटर २ रुपैँया ढुवानी भाडा र लिटरको ८ रुपँया कमिसन आउँछ पहिला ८४ रुपैँयामा पेट्रोल बेच्दा पनि कमिसन रु ८ नै थियो । पेट्रोल पम्प व्यावसायीहरुको भनाई छ ।सर्लाहीमा करिब ४० वटा पेट्रोल पम्पहरु सञ्चालनमा रहेका छन् ।