सचेत युवाहरुद्धारा नगर प्रमुख अधिकारीलाई खुल्ला पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१३ गते   १९२१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुखलाई नगरका सचेत युवाहरुले लागूऔषधको बढ्दो प्रयोग नियन्त्रणमा लाग्न आग्रह गर्दै खुल्ला पत्र बुझाएका छन् । सचेत युवाहरुले नगर प्रमुख   बासुदेव अधिकारीलाई नगरमा लागु औषध प्रयोगकर्ताहरु  दिनप्रतिदिन बढ्दै गएका भन्दै खुल्ला पत्र बुझाउँदै लागूऔषधको बढ्दो प्रयोग नियन्त्रणमा लाग्न आग्रह गरेका हुन् ।
लालबन्दी नगरपालिका १७ रानिगन्जका प्रकाश श्रेष्ठ, सुनिल आचार्य र कुमार घिमिरेले नगरभित्र दिनानुदिन लागूऔषधको प्रयोगकर्ता बढिरहेकाले नगरप्रअधिकारी खुल्ला पत्र बुझाउँदै लागूऔषधको बढ्दो प्रयोग नियन्त्रणमा लाग्न ध्यानाकर्षण गराएका हुन् । युवाहरुले लागूऔषधको दुव्र्यसनीले गर्दा चोरी, लुटपाट, गुन्डागर्दी, पारिवारिक कलहलगायत अन्य आपराधिक घटना बढ्दै गएको उल्लेख गरेका छन् ।
खुल्ला पत्रमार्फत नगरपालिका, प्रहरी, वुद्धिजिवी, नागरिक समाज, स्थानीयवासीलगायत सबै सरोकारवालासँग समन्वय गरी लागूऔषधविरुद्ध सचेतना जगाउने काममा अगुवाई गरिदिन नगरप्रमुख अधिकारी समक्ष युवाहरुले आग्रह गरेका छन् । छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको र जसका कारण नेपाली बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानी पुर्याउने लागुऔषधहरुसहजै भित्रँदा दिन प्रतिदिन युवाहरु सो कार्यप्रति आकर्षित हुन थालेका  भन्दै वृद्धिजीविहरुले चिन्ता व्यक्त गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech