महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले आर्थिक अनियमितता गरेको देखिएको छ । प्रमुख प्रशासकिय अधिकृत थापाले रु ६ करोडभन्दा बढी वेरुजू आएपछि अनियमितता गरेको देखिएको हो ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापामाथि रु ६ करोड ८८ लाख ४६ हजार ९ सय ८१ बेरुजू देखाएको छ । २०७६ साल भद्रौ १३ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा गौशाला नगरपालिकामा नियुक्त भएका थापामाथि बर्षेनी वेरुजू रकम थपिँदै जाँदा आर्थिक वर्ष ०७७÷०७८ सम्म उनीमाथि सो रकम देखिएको हो । प्रतिवेदनअनुसार लेखापरीक्षणबाट रु ६ करोड ८८ लाख ४६ हजार बेरुजू देखिएको छ । तथापी पनि प्रमाण प्रतिकृया प्राप्त नभएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख गरिएको छ ।
बेरुजू मध्ये असुल गर्नुपर्ने रु ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु २ करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की रु २ करोड १८ लाख ३४ हजार प्रमुख प्रमुख प्रशासकिय अधिकृत थापामाथी देखिएको हो ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले गौशाला नगरपालिकाको लेखा प्रमुख सन्जिव बराललाई पनि उक्त वेरुजू रकममा समेटको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आर्थिक वर्ष ०७८÷०७९ मा भन्दा बेरुजू रकम बढने बताइएको छ ।
२०७६ सालमा प्रमुख प्रशासकीय अधिकृत गणेश आचार्यको सरुवा भएपछि उपसचिव तहका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्कालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हाले यता नगरपालिकामा वर्षेनी बेरुजू रकम थपिँदै गएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष ०७७÷०७८ सम्ममा नगरपालिकाको गतवर्ष रु ४३ करोड ३ लाख ६१ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फट्र्यौट एवम यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मकको अद्यावधिक बेरुजू रु ४८ करोड ६६ लाख ९९ हजार रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ माउल्लेख गरिएको छ ।