Close This

रक्षा बन्धनकाे अवसरमा मानव सेवा आश्रममा मिष्ठान्न भाेजना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२६ गते   ४६६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ९ मा रहेकाे मानव सेवा आश्रममा आश्रीतलाई  रक्षा बन्धनकाे अवसरमा मिष्ठान्न भाेजन गराईएकाे छ । हरिवन नगरपालिका ९ नयाँ राेड स्थित मानव सेवाआश्रममा आश्रीत करिब ६० जनालाई मिष्ठान्न भाेजन गराईएकाे हाे ।


नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य माया बलकाे विशेष पहलमा मिष्ठान्न भाेजन गराईएकाे नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।रक्षा बन्धनकाे अवसरमा मानव सेवा आश्रममा आश्रीत मानिसहरुलाई मिष्ठान्न भाेजन गराईएकाे हाे ।
 कार्यक्रममा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य एवम सर्लाही जिल्ला ईन्चार्ज अच्युतम काफ्ले,सर्लाही जिल्ला संयाेजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्त लगायतकाे उपस्थितिमा मिष्ठान्न भाेजन गराईएकाे हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech