सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको सैनिक होटल एण्ड गेष्ट हाउसबाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैर कानुनी धन्दा चलाएको आरोपमा ५ जना केटी र ३ जना केटालाई ईलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले शनिवार दिउँसो नियन्त्रणमा लिएको हो ।
विगतका दिनमा पनि सैनिक होटल एण्ड गेष्ट हाउसमा गैर कानुनी धन्दा चलाउने गरेको भन्दै पटक पटक प्रहरीमा गुनासो आएको र आन्तरिक रुपमा अनुसन्धान गरि उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
नियन्त्रणमा लिएका ८ जनालाई ईलाका प्रहरी कार्यालय हरिवनमा राख्ने ठाउँ नभएकोले जिल्ला प्रहरी कार्यालय सर्लाही पठाईएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । सैनिक होटल एण्ड गेष्ट हाउसमा बाहिरका मानिसहरुलाई खाना,चिनी नास्ताको समेत व्यावस्था नरहेको र गैर कानुनी धन्दा चलाउने गरेको आशंकामा प्रहरीले छापामारी ८ जनालाई नियन्त्रणमा लिएको हो ।