Close This

बागमती सेवा समाजद्धारा स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२१ गते   ४५७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेका उष्ण प्रदेशीय बागवानी केन्द्रलाई बागमती सेवा समाज नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ । अक्सफाम नेपालसँगको साझेदारीमा हरिवनमा रहेको बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीमार्फत स्वास्थ्य सामग्री प्रदान गर्नु भएको हो ।
संस्थाले स्यानिटाइजर,सर्जिकल मास्क, धुन मिल्ने एप्रोन, इन्फ्रारेटेड थर्मोमिटर , के एन ९५ मास्क र ग्लोब्स प्रदान गरेको  संस्थाले जनाएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहर िप्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणि पोखरेल, संस्थाका अध्यक्ष भरतकुमार कार्की, व्यवस्थापन प्रमुख गजेन्द्र साह, कार्यक्रम प्रवन्धक दिवाकर झा लगायतको विशेष उपस्थिति रहेको संस्थाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech