सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहाले पुनःपदबहाली गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ पुस ३० गते किशोरीहरुको लागि खेलौना बनाउने तालिममा फर्जी कागजात बनाइ रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएपछि छ महिनादेखि नगर प्रमुखको जिम्मेवारीबाट अलगिएका कुशवाहालाई मंगलबार उच्च अदालतले सफाई दिएपछि उनले पुनःपदबहाली गरेका हुन् ।
अख्तियारले दुई जना जनप्रतिनिधि,तीन जना कर्मचारीहरुसहित आठ जनाविरुद्ध तीन लाख ८२ हजार ५३ रुपैँया भ्रष्टाचार गरेका भन्दै मुद्दा दायर गरेको थियो।उच्च अदालतले नौ जनालाई नै सफाई दिएको छ।पदबहाली गर्दै नगर प्रमुुख कुशवाहाले आफूले कहिले पनि शीर निहुर्याउने काम नगरेको र अब पनि इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन भएको किशोरीको लागि खेलौना बनाउने तालिम कार्यक्रम सम्झौता बमोजिम सञ्चालन नगरी÷नगराइ,झुट्टा तथा नक्कली बिल भरपाई लगायतका कागजात तयार गरी रु तीन लाख ८२ हजार ५३ रकम भुक्तानी दिइ÷लिइ भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको थियो ।
आयोगका अनुसार नगर प्रमुख कुशवाहासहित बलरा नगरपालिका –५ का वडाअध्यक्ष मनोज मोहन कुमार सिंह,सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह,लेखापाल राज कुमार महतो,तत्कालीन योजना शाखा प्रमुख उदय कुमार साह विरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
यसैगरी,शान्ति विकास कल्याण केन्द्र नेपाल,गौर नगरपालिका–८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह,सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिँया कवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र उपदफा (४) बमोजिमको कसुरमा बिगो रकम तीन लाख ८२ हजार ५३ रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिइ विशेष अदालत,काठमाडौँमा अख्तियारले आरोप–पत्र दायर गरेको थियो ।तर उच्च अदालतले सबै आठै जनालाई सफाई दिएको छ ।