Close This

वन कर्मचारी र तस्करहरुको मिलोमतोमा सिरहामा काठ तस्करी,सः मिलबाट डिभिजन वनको टोलीद्धारा अवैध काठ बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-७ गते   ४३३ पटक हेरिएको


सिरहामा वन कार्यालयका कर्मचारी र तस्करको मिलेमतोमा व्यापक मात्रामा काठको तस्करी हुने गरेको पाइएको छ । डिभिजन वन कर्यालय सिराहाले वन कर्माचारीहरु र तस्करहरुको मिलेमतोमा सःमिलमा पुर्याएको ठूलो परिमाणमा काठ वरामद् गरेपछि वन कार्यालयका कर्माचरीहरु र तस्करहरुको मिलेमतो रहेको रहस्य बाहिरिएको हो ।
 काठ तस्करहरुले अवैध रुपमा कटान गरि मिर्चैया नगरपालिका ९ घुर्मी पुल छेउमा रहेको लक्ष्मी नारायण सः मिलसम्म पुर्याएको ६८ थान खयरको गोलिया बरामद डिभिजन वन कर्यालय सिराहाले बरामद् गरेको हो ।
सिरहाको मिर्चैया नगरपालिका ९ कमलदहमा रहेको समुदायिक वन घुर्मी डाँडाबाट अवैध रुपमा खयर र सिसौ जातका रूख कटान गरी सः मिल सम्म पुर्याएने गरेको सुचना पाएपछि डिभिजन वन कर्यालय सिराहाको टोलीले  सुच्छ तरीकाबाट अनुसन्धान सुरु गरेको थियो ।
सव डिभिजन वन कार्यालय चोहर्वा र सव डिभिजन कार्यालय मिर्चैयाका वन कर्मचारीको मिलोमतोमा गत बिहीबार राती कटान गरिएको खयरको काठ सः मिलसम्म पुगेको स्थानियको आरोप छ ।
काठसँगै मिलका संचालक मदन ठाकुर समेत पक्राउ समेत परेका भएपनि आर्थिक करोबारमा तत्कालै छाडिएको  वनकै एक कर्मचारीले वताए । सव डिभिजन वन कार्यालय मिर्चैया र चोहर्वाबाट सः मिल बढिमा २ किलोमिटरको दुरीमा छ । नजीकै हुँदा समेत त्यहाँका कर्मचारीले सुइँको नपाएजस्तो गर्नुले उनीहरुको मिलेमत्तोको पुष्टि गरेको स्थानीयको भनाई छ ।
स्थानीयको सहयोगमा डिभिजन वन कार्यालय सिरहाले अवैध कटान गरि सःमिलमा राखिएको काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सिरहाका कार्यालय प्रमुख शैलेन्द्र कुमार मिश्रले जनाकारी दिनुभयो । उहाँका अनुसार वरामद् गरिएको काठ र फरार रहेका सःमिल संचालक ठाकुर माथि आवश्यक अनुसन्धान भइरहेको छ ।
अवैध रुपमा कटान गरि सः मिल सम्म पु¥याउँदा पनि नजिकै रहेको सव डिभिजन वन कार्यालय चोहर्वा र सव डिभजन वन कार्यालय मिर्चैया वेखवर जस्तो रहनुले थप आशंका बढेको कार्यालयको भनाई छ । सव डिभिजन वन कार्यालय चोहर्वा र मिर्चैयाका कर्मचारी र प्रहरी प्रशासनकै मिलोमतोमा यस क्षेत्रवाट व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech