सरकारले ‘मिटरब्याजी’ आरोपित विरुद्ध करिब ५ सय जना पीडितहरुले उजुरी दिएका छन् ।सरकारले ‘मिटरब्याजी’ आरोपित विरुद्ध उजुर िदिन आह्वान गरेपछि जिल्लामा ४ सय २७ जना पीडितहरुले ‘मिटरब्याजी’विरुद्ध उजुरी दिएका हुन ।
सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा ‘मिटरब्याजी’हरुबाट पीडित बनेका ४ सय २७ जानले उजुरी दिएका जिल्ला प्रशासन कार्यालाय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दिनु भयो । उहाँका अनुसार सरकारले भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भएपनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ ।
भदौ ५ गतेपछि आएको उजुरीको छुटै लगत राखेर दर्ता गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो । जिल्लामा धेरै उजुरी गत बिहीबार परेको र पीडितहरुले जिल्ला सदरमुकाम मलङ्गवामा प्रदर्शन समेत गरेका थिए। पीडितहरुले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले समेत सहभागीता जनाउनु भएको थियो ।
लामो समयदेखि शुद्धखोर अभियानमा लाग्नु भएका हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले प्रदर्शनमा उत्रिएका पीडितहरुको पर्दशनलाई समर्थन जनाउनु भएको हो ।जिल्लामा मुख्यत ‘मिटरब्याजी’ आरोपितमा श्यामकृष्ण साह(श्याम परदेशी), रामबाबु राय, र सन्जय साह रौनियारको नाम पहिला देखि नै चर्चामा रहेको भएपनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय र रामचन्द्र रायलगायतको नाममा पनि उजुरी आएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिका २ त्रिभुवननगर निवासी सन्जय अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका छन्। प्रहरीले उनीविरुद्ध मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले बताउनु भयो । भने अन्य आरोपीतहरु फारर रहेका र उनिहरुको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।