त्रिभुवननगरबाट भन्सार छलीकाे ७ बाेरा चिनी बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१३ गते   १९१८ पटक हेरिएको

सर्लाहीको त्रिभुवननगरबाट प्रहरीले ७ बाेरा भन्सार छलीकाे चिनी नियन्त्रणमा लिएको छ । ब्रम्हपुरी गाउँपालिका ४ स्थित हुलाकी सडकमा चेकजाँचकाे क्रममा भन्सार छलीकाे ७ बाेरा चिनी प्रहरी चाैकी त्रिभुवननगरबाट खटिएको प्रहरी टाेलीले नियन्त्रणमा लिएको हाे ।


त्रिभुवननगरबाट बयलवास तर्फ आउदै गरेकाे ना ४ ख ३४६६ नम्बरकाे यात्री बसकाे भित्र प्यासेजमा लुकाई छिपाई लैजाँदै गर्दा विशेष सुराकीको आधारमा चेकजाँचमा रहेकाे प्रहरी टाेलीले ५० किलाेका दरले ७ बाेरा गरि कुल ३ सय ५० किलाे भन्सार छलीकाे चिनी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रति बेरा ५० केलिका ७ बाेरा गरी कुल ३ सय ५० गरि ११ हजार २ सय बराबरकाे चिनी नियन्त्रणमा लिएको र आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइ रहेकाे प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech