Close This

शसस्त्र प्रहरीको मिलेमतोमा वीरगंज भन्सारवाट व्यापक रुपमा तस्करी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१६ गते   १६८४ पटक हेरिएको

पर्साको वीरगन्ज भन्सारवाट सशस्त्र प्रहरीको मिलोमतोमा लत्ताकपडा,जुत्ता चप्पल,हाडयेवर लगायतका सामानहरुको तस्करी व्यापक रुपमा भएको पाइएको छ । नेपालको मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सार नाकाबाट शसस्त्र प्रहरी कर्माचारीहरुको मिलेमतोमा लत्ताकपडा,जुत्ता चप्पल,हाडयेवर लगायतका सामानहरुको तस्करी व्यापक रुपमा भएको पाइएको हो ।
वीरगंज भन्सारको मुख्य सिमामा सशस्त्र प्रहरीको डिउटी रहेको भएपनि शसस्त्र प्रहरी कर्माचारीहरु कै मिलेमतोमा सो नाकाबाट लत्ताकपडा,जुत्ता चप्पल,हाडयेवर लगायतका सामानहरुको तस्करी व्यापक रुपमा भएको पाइएको हो ।
मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सार आफैमा संवेदनशील क्षेत्र रहेको भएपनि शसस्त्र प्रहरी कर्माचारी असुलीमा व्यस्त रहँदा सो नाकाबाटै तस्करी हुने गरेको पाइएको छ ।
देशको सिमा सुरक्षामा सिमानाकामा खटिएको सशस्त्र प्रहरी कै मिलेमतोमा तस्करी हुनु आफैँमा दुभाग्य रहेपनि आफुहरु बिओपीहरुमा आउँदा ठुलो रकम खर्चेर आउने गरेका कारण पनि सिमानामा आएपछि उनिहरुको नजर कसरी हुन्छ पैसा कमाउने तर्फ केन्द्रीत रहेको एक शसस्त्र प्रहरी अधिकारीले बताए ।
सशस्त्र प्रहरीले तस्करहरुसंग खुलेरै आर्थिक प्रलोभनमा पर्ने तथा डिल गर्ने गरेको घटना कुनै नौलो होइन । जसका कारण पनि तस्करहरुलाई तस्करीको लाईन खुलाउन सहज भएको छ ।
शसस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट(बिओपी) वीरगन्जका बिओपी पति एवम शसस्त्र प्रहरी निरिक्षक रविन्द्र भट्टले लाइन दिएर तस्करी गर्नेहरूमा फैयाज,भोला र मुन्ना प्रमुख रहेका एक शसस्त्र प्रहरी अधिकारीले बताए ।
सशस्त्र प्रहरीको मिलोमतोमा वीरगन्ज भन्सारको अगाडीवाट नै टेम्पु,मोटरसाइकल र साईकलमा तस्करहरु लत्ताकपडा,हाडयेवर,जुत्ता चप्पल,माछा र हुण्डी कारोबार लगायतको सामानहरुको भारतवाट नेपाल तर्फ दिनहु करोडौँको राजश्व छल गरि भित्राइने गरेको 
पाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा गण पर्साका गणपति शसस्त्र प्रहरी उपरिक्षक तेज पोखरेलले समेत बिओपी पतिहरुबाट चर्काे कमिसन लिने गरेका कारण पनि बिओपी पतिहरु असुलीमा लागेका एक शसस्त्र प्रहरी अधिकारीले बताए ।
भन्सारको गेट अगाडि डिउटीमा रहेका सशस्त्र प्रहरीले सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यापारीहरु रक्सौलवाट आफ्नो घरयासी प्रयोजन र पसलका लागि सामाग्रीहरु किनेर लिएर आउँदा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी झमेला खडा गरी पैसा लिने गरेको व्यापारीले गुनासो गरे ।


सशस्त्र प्रहरी वीरगंज भन्सारका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक भट्ट आएको दिन देखिनै वीरगंज भन्सारको अगाडीको बाटो र ईनार्वा गाऊको बाटो भई दिनरात ठुलो मात्रामा तस्करहरुको समुहहरुले अवैध रुपमा राजशव छलि गरि एक समुहले १० ओटा टेम्पुमा लोड गरि भन्सार छलीको सामान भित्राईरहेका छन् भने करिब ४० वटा साईकल,मोटरसाइकल प्रयोग गरि सो नाकावाट भन्सार छलीको सामान भित्रने गरेको पाइएको छ । 
सो नाकाबाट भित्र्याइएको भन्सार छलीको सामान ईनार्वा गाउँमा स्टक गरि वीरगन्जका विभिन्न ट्रान्सपोर्टा सम्म पु¥याउने गरेको स्रोतको दाबी छ । सस्शत्र प्रहरी निरीक्षक भट्ट आएको दिन देखिनै विभिन्न समाचार,पत्रपत्रिका,टेलिभिजनहरुमा समाचार आएपनि अहिले सम्म न तस्करी रोकिएको छ न कुनै किसिमको विभागले कार्यबाहि नै गरेको छ । यसबाट पनि प्रस्ट के छ भने वीरगन्जमा उठेको कमिसन माथि सम्म पनि पुग्ने गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech